अमेरिकामा नेपाली चेली इन्दिरा १९ देशका नारीहरुसँगै सम्मानित
न्यूयोर्क । न्यूयोर्कमा नेपालकी सामाजिक अभियन्ता इन्दिरा रानामगर १९ देशका अन्य नारीहरुसँगै सम्मानित भएकी छिन् ।
विश्वभरका १५५ भन्दा बढी देशहरुका न्यूयोर्कमा स्थापित वाणिज्यदूतावासहरुको संगठन ‘सोसाईटी अफ फरेन कनुल्स न्यूयोर्क’ द्वारा अन्तरराष्ट्रिय नारी दिवस २०१९ को अवसरमा १९ देशका नारीहरुसँगै प्रिजनर्स एसिस्टेन्स नेपालकी संस्थापक अध्यक्ष रानामगर सम्मानित भएकी हुन् ।
सोसाईटीद्वारा पहिलो पटक सन् २०१८ मा अर्की सुपरिचित नेपाली सामाजिक अभियन्ता तथा अमेरिकाको जर्सी सिटी शहरका मेयरकी सल्लाहकार डा. विष्णुमाया परियारलाई सम्मान गरिएको थियो ।
सामाजिक अभियन्ता इन्दिरा रानामगरले विगत २८ वर्षदेखि जेलमा बन्दी जीवन बिताइरहेका १० हजारभन्दा बढी बन्दीहरूलाई आफ्नो संस्थामार्फत स्वास्थ्य उपचार, शिक्षा, मानवअधिकार र उद्धार स्याहार पुर्याउँदै आएकी छिन् ।
प्रिजनर्स एसिस्टेन्स नेपालले स्थापनाकाल सन् २००० देखि नै काठमाण्डूको केन्द्रीय कारागार जेलभित्र महिला बन्दीहरूको लागि प्राथमिक विद्यालय र जेलकै बाहिर ति महिलाहरूको सन्तानहरूको निम्ति डेकेयर सेन्टर सञ्चालन गर्दै आएको छ ।
उनको संस्थाले नेपालको विभिन्न जिल्लाहरूमा १६ वटा बालबालिका गृह (चिल्ड्रन होम) निर्माण गरी हालसम्म बन्दीमा परेका आमाबाबुहरूका र टुहुरा बनेका १६०० भन्दा बढी बालबालिकाहरूलाई संरक्षण प्रदान गर्दै आएको छ ।
सामाजिक अभियन्ता इन्दिरा रानामगरलाई बन्दी आमाबाबु र तिनका बालबालिकाहरूको उद्दार र संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको कदर स्वरूप सन् २०१४ मा विश्व प्रसिद्ध ‘वर्ड चिल्ड्रन अनरेरी पुरस्कार’ प्रदान गरिएको थियो भने बिबिसी रेडियोले सन् २०१७ मा विश्वभरबाट ‘बिबिसी १०० प्रेरणादायी र आविस्कारी महिलाको रूपमा चुनेको थियो ।
सन् २००५ मा अमेरिकाको अशोका फाउण्डेशनको अशोका फेलो सम्मान प्राप्त गरेकी सामाजिक अभियन्ता रानामगर नेपाल सरकारको महिला तथा बालबालिक मन्त्रालय र क्रियटिभ स्टेटमेण्टद्वारा ‘पावर गडेश(२००६’ पुरस्कार, सन् २००९ मा एशिया सोसाईटीद्वारा ‘एशिया २१ युवा नेता सार्वजनिक सेवा पुरस्कार’ लगायतबाट सम्मानित भै सकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान