बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्री महासेठद्वारा ३ वटा पुलको शिलान्यास

शुक्रबार, ०१ चैत २०७५, १९ : ०१
शुक्रबार, ०१ चैत २०७५

जनकपुर– भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रघुवीर महासेठले स्वतन्त्र मधेस गठबन्धनसँग ११ बुँदे सहमति पछि सरकार गम्भिर रहेको बताएका छन् । शुक्रबार जनकपुरमा उनले संयोजक सिके राउतले सरकारसँग गरेको सहमति उल्लंघन गरे प्रतिबन्ध लगाउने चेतावनी समेत दिएका छन् ।

उनले गठबन्धनले सम्झौता विपरित गतिविधि कार्य गरेमा विप्लव नेतृत्वको नेकपा जस्तै प्रतिबन्ध लगाउन सकिने चेतावनी दिए । उनले संघिय सरकारमा मन्त्री हेरफेरबारे नेकपा भित्र कुनै किसिमको निर्णय नभएको जनाए ।

जनकपुरमा आज उनले ३ वटा पुल निर्माणको लागि शिलान्यास गरेका छन् । मन्त्री महासेठले जनकपुर विन्धीस्थित दुधमती पुल, नगराईन नगरपालिका गंगुलीस्थित जलाद पुल र नगराईन नगरपालिका जटही स्थित जमूनी पुलको शिलान्यास गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप