मधेशलाई तराई भन्न पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह
जनकपुर । दुई दिनदेखि मधेस भ्रमणको क्रममा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुर हुँदै सर्लाहीको मलंगवास्थित दूर्गा मन्दिर र जानकी मन्दिरमा पुजापाठ गरिसके पछि आज बल्ल बोलेका छन् ।
शुक्रबार जानकी मन्दिरमा पूजापाठ गरिसकेपछि पूर्व राजा शाहले मधेशलाई तराई भन्न आग्रह गरेका छन् । मधेशको अवस्था कस्तो लाग्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा पूर्वराजा शाहले भने– ‘मधेश होइन तराई भन्नुस् ।’
सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानी गर्दै उनले जनता वर्तमान सरकारको नेतृत्वप्रति असन्तुष्ट रहेको सहजै बुझ्न सकिने बताए । जानकी मन्दिरमा पूजा अर्चनापश्चात पूर्वराजा शाहले देशमा शान्ति र जनताको भलो चाहेको प्रतिक्रिया दिए ।
जानकी मन्दिरमा पुगेपछि राप्रपा नेपाल, राप्रपा संयूक्त, शिव सेना, राजपा लोकतान्त्रिकलगायतका नेता÷ कार्यकर्ता तथा समर्थकहरुले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाएका थिए ।
उनलाई स्वागत गर्न सहभागिहरु फुलमाला र राजारानीको फोटो समेत लिएर स्वागत गरेका थिए ।
आफ्नो पक्षमा माहोल बनाउन बुधबार जनकपुर आएका पूर्वराजा शाहले बिहीबार धनुषाको महेन्द्रनगर, महोत्तरीको बर्दिबास, सर्लाहीको नवलपुर, गम्हरिया, कविलासी, मलंगवालगायतको स्थानमा आफ्ना समर्थकहरुलाई भेटघाट गरेका थिए ।
पूर्वराजा शाहको स्वागतका लागि मन्दिरको उत्तरी मुलद्वार हुँदै जानकी मन्दिरसम्म रातो कार्पेट बिछ्याइएको थियो ।
जानकी मन्दिरका महन्थ राम तपेश्वरदास वैष्णवले चाँदीले बनेको जानकी मन्दिरको प्रतिमा हस्तान्तरण गरी पूर्वराजा शाहलाई स्वागत गरे ।
उनी शनिवार उदयपुर पुगेर पुनः जनकपुर फर्केपछि आइतबार काठमाडौं जाने कार्यक्रम रहेको उनका नीति सचिव फणि पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ