शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड र विप्लव दुवै गलत बाटोमा : बाबुराम भट्टराई

शुक्रबार, ०१ चैत २०७५, १६ : १५
शुक्रबार, ०१ चैत २०७५

नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले सत्तारुढ नेकपा र विप्लव नेतृत्वको नेकपा दुवै गलत भएको बताएका छन् ।

पछिल्लो समय दुई पार्टीबीच संघर्षको अवस्था छ । यस्तो अवस्थामा बाबुरामले यी दुई पार्टीहरुको विचारधारात्मक पक्षमा केन्द्रीत भएर तिनलाई गलत बताएका छन् ।

बाबुरामले एक ट्वीटमार्फत दुई पार्टीबारे यो धारणा सार्वजनिक गरेका हुन् । ट्वीटमा उनले एक दैनिक पत्रिकामा छापिएको प्रचण्डको अभिव्यक्ति सेयर गर्दै उक्त धारणा व्यक्त गरेका छन् ।

बाबुरामले सेयर गरेको पत्रिकामा विप्लवको पार्टीले आफूलाई मार्न लागेको सूचना आफूहरुले भन्ने प्रचण्डको अभिव्यक्ति छ । 

केही दिन अघि सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगायो । त्यस कदमको उपयुक्तततालाई प्रश्न गर्दै समाजिक सञ्जालमा वहस नै चल्यो ।

समाजिक सञ्जालमा उठेका प्रश्नलाई जवाफ दिए जसरी प्रधानमन्त्री ओलीले गुप्तचर संयन्त्रले प्राप्त गरेको एक सूचना सार्वजनिक गरे । त्यसमा विप्लवले उनी र प्रचण्डलाई मार्ने योजना बनाएको उनले बताए । 

बिहिबार एक कार्यक्रममा प्रचण्डले यही कुरा दोहो¥याएका हुन् । पेरिस–डाँडास्थित पार्टी कार्यलायमा सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन गर्न आयोजना गरिएको कार्यक्रममा प्रचण्डले भावुक हुदैं यो कुरा बताए ।

बाबुरामले भने यस समाचारलाई उल्लेख गर्दैं विप्लवमात्र नभएर प्रचण्ड पनि गलत भएको लेखेका छन् । विप्लवले ‘उग्रवादी कम्युनिज्म’ बोकेको बाबुरामको ठहर छ । त्यस्तै उनका अनुसार प्रचण्डले ‘संसदीय कम्युनिज्म’ विचारधारण लिएका छन् ।

बाबुरामले यी दुवै विचारधारालाई इतिहासले गलत सावित गरिसकेको दावी गरेका छन् । अन्तिममा उनले यी दुई विचारधाराभन्दा नयाँ विचारको खाँचो रहेको टिप्पणी गरेका छन् ।

नयाँ संविधान जारी भए पछि बाबुराम भट्टराईले आफू दशकौं सक्रिय रहेको कम्युनिष्ट राजनीति परित्याग गरेका थिए । उनले त्यसपछि नयाँ शक्ति अभियान चलाए जुन पछि राजनीतिक पार्टीको बदलियो ।

नयाँ शक्ति अभियानका क्रममा उनले अबको राजनीति पुँजीवाद र कम्युनिज्मको असल पक्षलाई मिलाएर अघि बढ्नु पर्ने बताएका थिए । सायद उनले यही विचार तर्फ संकेत गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप