बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

त्यो प्रेमपत्र प्रिन्सिपललाई दिएँ– अभिनेत्री निरिशा

शुक्रबार, ०१ चैत २०७५, १४ : १६
शुक्रबार, ०१ चैत २०७५

निरिशा बस्नेत आजैबाट प्रदर्शनमा आएको फिल्म ‘जानी नजानी’की अभिनेत्री हुन् । उनको यो डेब्यु फिल्म हो । प्रेमकथामा बनेको यो फिल्ममा उनले मनिष श्रेष्ठसँग रोमान्स गरेकी छन् । ‘जानी नजानी’ उनको अभिनयमै डेब्यु भने होइन । उनले यस अगाडि बलिउडको धाराबाहिक सिरियल ‘चन्द्र नन्दनी’मा पनि काम गरेकी थिइन् । पुराना नायक विश्व बस्नेतकी छोरीसमेत रहेकी उनी नृत्य गर्न रुचाउँछिन् । ‘जानी नजानी’को चर्चाले अहिले उनलाई थुप्रै फिल्मका अफर आइरहेका छन् । पहिलो फिल्मको रिजल्ट नहेरी अन्य फिल्म नगर्ने मनसायकी  निरिशासँग रातोपाटीका दस प्रश्न ।

डेब्यु फिल्म आजैबाट प्रदर्शनमा आएको छ, हैन ?

हो । त्यसैले त म एकदमै एक्साइटेड छु । डर पनि लागिरहेको छ । प्रदर्शन अगाडि फिल्म हेर्नेले राम्रो भनेका छन् । फिल्म प्रचारका लागि सार्वजनिक गीत तथा ट्रेलरले त चर्चा पाएका छन् नै । तर फिल्म के हुने हो भन्ने धेरै डर लागेको छ ।

आफ्नो सौन्दर्यमा कति ध्यान दिनुहुन्छ ?

ध्यान दिन्नुपर्छ । यो भन्दैमा मेकअप धेरै गर्नेमा म पर्दिनँ । नेचुरल्ली हिँड्न बढी रुचाउँछु । फिल्मको प्रचारको समयमा पनि मलाई धेरैले देख्नुभएको होला । सुत्नु अगाडि फेसवास, उठ्ने बित्तिकै फेसवास गर्ने बानी छ । अन्य मेकअप सामान्य गर्छु । मेरो अनिवार्य मेकअप लिबिस्टिक हो । यो कहिल्यै छुटाउँदिनँ ।

फिटनेस गर्नु हुन्छ ?

पहिले गर्थें । अहिले फिल्मको प्रमोसनले गर्दा बीचमा छाडेको थिएँ । फेरि सुरु गर्दैछु । फिटनेसका लागि दैनिक एकघण्टा योगा गर्छु ।

फेसनमा त रुचि पक्कै होला हैन ?

– रुचि छ । ट्रेन्डअनुसार चल्ने गरेको छु । सबै प्रकारको पहिरन मलाई सुहाउँछ । मलाई क्युट एन्ड हट देखिने भनेको फ्रकमै हो ।

सपना ?

अभिनयमा भर्खर आएकी छु । चर्चित र सफल अभिनेत्री बन्ने  सपना छ ।

मनपर्ने खाना ?

मासु र भात एकदमै मनपर्छ ।

प्रेममा हो ?

छैन, छैन । अहिले म एकदमै व्यस्त छु । कहिले मुम्बई र कहिले नेपाल ओहोर दोहोर गरिरहेकी हुन्छु । फेरि प्रेममा मलाई  विश्वास पनि छैन ।

पहिलो प्रेम प्रस्ताव ?

५ कक्षामा अध्यायन गर्दै थिएँ । आफूभन्दा सिनियर अर्थात ६ कक्षामा पढ्ने एक केटाले प्रेमपत्र दिएका थिए । त्यो प्रेमपत्र मैले प्रिन्सिपललाई दिए ।

रुचि ?

नृत्य गर्न एकदमै मनपर्छ ।

मनपर्ने केटा ?

झुट बोल्ने धेरै पुरुषको सङ्गतले म धेरै पटक पछुताएकी छु । त्यसैले झुट नबोल्ने केटा राम्रो लाग्छ । अन्य, योग्यता चाहिँ हेर्दा राम्रो र बौद्धिक पनि हुनुपर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप