बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबारबाट हलमा तीन नयाँ फिल्म

शुक्रबार, ०१ चैत २०७५, ११ : ४२
शुक्रबार, ०१ चैत २०७५

काठमाडौं – रिलिज भएका फिल्मले ब्यवसाय गर्न नसकेको यर्थात जान्दा जान्दै पनि निर्माता निर्देशक फिल्म जुदाउन पछि पर्दैन् । आज शुक्रबारबाट एकसाथ तीन फिल्म प्रदर्शनमा आउनुले पनि यो कुराको पुष्टी गरेको छ ।

फ्राइडे रिलिजको परम्परा धान्दै आजैबाट ‘जानी नजानी’, ‘पुरानो बुलेट’ र ‘द म्यान फ्रम काठमाडौं’ प्रदर्शनमा आएका छन् । देशभरबाट एकसाथ प्रदर्शनमा तीनै फिल्म बिषयबस्तु र कलाकार भने फरक फरक रहेका छन् ।

‘जानी नजानी’

प्रेमकथामा आधारित फिल्म ‘जानी नजानी’ मुलुकका ७४ पर्दामा एकसाथ रिलिज भएको निर्माण युनिटले जनाएको छ । बितरक मनोज राठीका अनुसार मोफसलका ५२ ओटा र प्रस्तुतकर्ता रोशनी केसीका अनुसार काठमाडौँका २२ हलमा जानी नजानी रिलिज हुँदैछ ।

‘जानी नजानी’ बसन्त अधिकारीले निर्देशन गरेका हुन् । मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतका कलाकारको फिल्ममा मुख्य भुमिका रहेको छ । 

गीत र ट्रेलर दर्शकले मन पराएका छन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित यो फिल्मका निर्माता मोदनाथ खनाल र सागर काजी माली हुन् ।

‘द म्यान फ्रम काठमाडौँ’

यो नेपालमा बनेको पहिलो अङ्ग्रेजी फिल्म हो । ५ करोडमाथि लगानी बताइएको फिल्ममा नकिम उद्दिनले निर्माण गरेका हुन् । पेमा धोन्डुपको निर्देशन रहेको फिल्ममा बलिउड कलाकार गुलशन ग्रोवर, आना शर्मा, शिशिर बाङ्देल, अमेरिकी अभिनेता जोसे म्यानुअल, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु कर्मा शाक्य, नीर शाह, आमिर गौतमलगायतको अभिनय छ ।

फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा बोल्ने निर्माण युनिटले जनाएको छ । फिल्मको बिहिवार प्रिमियर समेत गरिएको थियो । प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पायो ।

‘पुरानो बुलेट’ 

भिषण राईको निर्देशन रहेको ‘पुरानो बुलेट’मा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडीलगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मको कार्यकारी निर्मातामा सन्तोष राई हुन् । यो फिल्मले पनि प्रेमकथा विषय बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप