शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुको मृत्युको दुई महिना नबित्दै छोराद्वारा ओमनमा आत्महत्या

शुक्रबार, ०१ चैत २०७५, १० : १५
शुक्रबार, ०१ चैत २०७५

गुल्मीे राताडाँडाका रायमाझी परिवारमा शोकमाथि शोक परेको छ । ईस्मा गाउँपालिका वडा नम्वर–२ रातडाँडाका ३३ वर्षीय नीरबहादुर रायमाझी (निराजन ) ले बाबुको मृत्यु भएको दुई महिना नपुग्दै ओमनमा आत्महत्या गरेका छन् ।

वैदेशिक रोजगारका क्रममा ओमनको राजधानी मस्कटको दारसाईटमा रहेको रेष्टुरेण्टमा कार्यरत रायमाझी आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको उनका काका राजु रायमाझीले जानकारी दिए । रातडाँडा बेसी घर बनाएर बसे पनि उनीहरुको पुर्खेयौली घर मुसिकोट नगरपालिका–३ पेंगा हो ।

वडाका वडाध्यक्ष कर्णध्वज जिसीले दुई महिना अघि मात्र उनका बाबु देवबहादुर रायमाझीको हृदयघातबाट मृत्यु भएको र यस अन्तरालमा छोराले पनि आत्महत्या गरेपछि रायमाझी परिवार मात्र नभई सिंगो पेगा गाउँ र रातडाँडावासी शोकाकुल भएको बताए ।

वडाध्यक्ष जिसीका अनुसार मृतकका दुई छोरा, श्रीमती आमा तीन दाजुभाई र दिदी बहिनीहरु रहेका छन ।

मृतकको शव ओमनस्थित एक अस्पतालमा रहेको र नेपाली दुतावासले छिट्टै  उक्त शव नेपाल पठाउने तयारी गरिरहेको ओमन स्थित एनआरएनका सचिव डिबी क्षेत्रीले जानकारी दिए । नीरबहादुर गत आठ वर्षदेखि ओमनमा कार्यरत थिए ।

आत्महत्याको कारण खुल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप