शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कामदार बोकेको बस दुर्घटना हुँदा दुईको मृत्यु, २४ घाइते

शुक्रबार, ०१ चैत २०७५, ०९ : २३
शुक्रबार, ०१ चैत २०७५

दोलखा । दोलखामा निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कामदार लिएर गुडेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने, २४ जना घाइते भएका छन् । 

शुक्रवार विहान कामदार बोकेर माथिल्लो तामाकोशीको मुख्य टनेल जोड्ने नयाँ बाटोतर्फ गएको बा ४ ख ४५७३ नम्बरको बस ७ः४५ मा दुर्घटना  भएको हो ।

सिनो हाइड्रोले भाडामा चलाएको उक्त बसमा सवार सुर्खेत चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हीराप्रसाद मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

 प्रहरी निरिक्षक फुर्गेली शेर्पाको अनुसार दुर्घटनामा घाइते २४ जनाको जिल्ला सदरमुकाम चरिकोटका अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये  ४ को अवस्था गम्भीर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप