शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरी अस्पतालद्वारा निःशुल्क मिर्गौला परीक्षण

बिहीबार, ३० फागुन २०७५, २१ : ०७
बिहीबार, ३० फागुन २०७५

काठमाडौँ । विश्व मिर्गौला दिवसका अवसरमा मिर्गौला परीक्षण शिविर सम्पन्न भएको छ । 

नेपाल प्रहरी अस्पताल र मेट्रो अस्पताल महाराजगञ्जको आयोजनामा काठमाडौँ महानगरपालिका–४ शङ्कपार्कमा निःशुल्क मिर्गौला परीक्षण शिविर सम्पन्न भएको हो । 

शिविरमा मिर्गौला, मधुमेह, रक्तचापलगायतका रोगको परीक्षण गरी आवश्यक परामर्शसमेत प्रदान गरिएको प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डा आशा सिंहले जानकारी दिइन् । 

‘प्रहरी–समुदाय साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी अस्पतालले विभिन्न अस्पतालसँग सहकार्य विभिन्न शिविर सञ्चालन गर्दै आइरहेको छ’, उनले भनिन् । 

यस्तै शिविरमा महाराजगञ्ज वृत्तका कार्यालय प्रमुख डीएसपी फणिन्द्र प्रसाई तथा कामपा ४ का वडाध्यक्ष मोहन बहादुर बिष्ट लगायतको उपस्थिती रहेको थियो । 

शिविरमा २१२ जना स्थानीयवासीले स्वास्थ्य परीक्षण गरेको अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप