वर्दिवासमा दोश्रो औद्योगिक तथा व्यापार महोत्सव हुँदै
वर्दिवास– कृषि पर्यटन उद्योग र व्यापारलाई लक्षित गरी महोत्तरीको बर्दिबासमा चैत्र ८ गते देखि चैत्र १८ गतेसम्म दोश्रो वर्दिवास महोत्सव हुने भएको छ ।
वर्दिवास नगरको समग्र विकासको आधार कृषि पर्यटन उद्योग र व्यापार समृद्धिको आधार भन्ने उद्देश्यका साथ दोश्रो बर्दिवास महोत्सव हुन लागेको हो ।
वर्दिवास उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको यस महोत्सवमा धार्मिक, सांस्कृतिक, पर्यटन र कृषिको दृष्टिकोणले महत्वपूर्ण स्थल रहेको छ, यसैअनुरुप यस मेलाले प्रदेश नं—२ कै आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गरी आर्थिक रुपले पनि मजबुत बनाउने र बर्दिबास नगरलाई राष्ट्रिय रुपमा चिनाउने उद्देश्य रहेको बर्दिवास उद्योग बाणिज्य संघका अध्यक्ष प्रल्हद क्षेत्रीले बताए ।
महोत्सवमा१ सय ५० स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य समानहरु लगायत लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका समान र भाँडाकुडा एकै ठाउमा सर्वसुलभ रुपमा पाइने जनाइएको छ ।
त्यसैगरि अटोमोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि बिक्रीमा राखिने बताइएको छ । करिब ७० हजार उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविमा तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी तालिम
-
केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो
-
डीडी न्यूजको लोगो परिवर्तन भएपछि...
-
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर
-
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
-
निजी क्षेत्रलाई विश्वासमा लिएर नेपालमा लगानीमैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ : प्रधानमन्त्री