शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विप्लव समूहमाथिको प्रतिबन्धले निकास होइन द्वन्द्व निम्त्याउँछ: नेता लेखक

बिहीबार, ३० फागुन २०७५, १९ : २९
बिहीबार, ३० फागुन २०७५

अछाम– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहमाथि लगाइएको प्रतिबन्धले द्धन्द्धलाई बढवा दिने बताएका छन् ।  नेपाली काँग्रेस ढकारी गाउँपालिकास्तरीय आमसभामा नेता लेखकले सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाउनु राजनीतिक निकासको बाटो नभएको तर्क गरे । 

‘विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय राजनीतिक निकास होइन । यो निर्णयले द्वन्दलाई बढवा दिन्छ । सरकारले शान्तिपूर्ण वार्तामार्फत समस्याको समाधान गर्नु पर्नुपर्छ,’ उनले भने, ‘यसले निषेधको राजनीतिले मुलुकलाई राम्रो गर्दैन । फरक मत राख्नेहरुलाई विश्वासमा लिन सक्नुपर्छ । सरकार यो निर्णयले शासकीय क्षमतामा पनि प्रश्न उठ्छ ।’

नेता लेखकले विप्लव समुहले पनि हत्या हिंसा र आतंकको बाटोमा आजको आवश्यकता नहुने दाबी गरे । ‘विप्लव समूहले लिएको हत्या, हिंसा र आतंकको बाटोले मुलुकलाई निकास दिन सक्दैन,’ उनले भने,‘हत्या हिंसा त्यागेर शान्तिपूर्ण वार्तामा आउन विप्लवलाई आग्रह छ ।’

सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्धको निर्णयमा पुनर्विचार गरि वार्ताको लागि आव्हान गर्नुपर्नेमा नेता लेखकको जोड थियो । साथै नेपाली काँग्रेस सदैव हत्या, हिंसा र आतंककाविरुद्ध रहेको भन्दै मुलुकलाई फेरि द्धन्द्धमा फस्न नदिन सबै सचेत हुन जरुरी रहेको उनको तर्क थियो । 

सरकारले सिके राउतसँग गरिएको ११ बुँदे सहमति गम्भीर राष्ट्रघात भएको उनले बताए । ‘सिके राउतसँग भएको सहमतिमा उल्लेखित भाषाले वर्तमान सरकार राष्ट्र विखण्डनकारी शक्तिसँग लम्पसार परेको देखिएको छ,’ उनले भने, ‘सिके राउतसँग भएको सम्झौताबारे सरकारले प्रष्ट पार्नुपर्छ ।’

सरकारको काम कारवाहीले जनता आजित भइसकेको भन्दै शान्ति सुरक्षा र सुशासनमाा सरकार पूर्ण असफल भएको दाबी गरे । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरी १३ वर्षीया बालिका निर्मला पन्तको ८ महिनासम्म हत्यारा पत्ता नलगाउनुले सरकार नै अपराधी संरक्षणमा लागेको नेता लेखकले आरोप लगाए  ।

साथै नेता लेखकले तुर्माखाँद र ढकारी गाउँपालिकाबाट सत्तासीन नेकपा परित्याग गरि करिब ४ सय नेता कार्याकर्ता काँग्रेस प्रवेश गरेको दाबी गरे । कार्यक्रमको नेपाली काँग्रेस अछामका सभापति भरतकुमार स्वार, पूर्व सभापति मेघराज खडका, पुष्पबहादुर शाह, प्रदेशसभा सदस्य अम्बिका थापा र महासमिति सदस्य गणेशबहादुर विष्टलगायतको उपस्थिति रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप