मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

होली पर्व सुरु, ठड्याइयो वसन्तपुरमा चीर, १५ तस्बिरमा हेर्नुहोस्

बिहीबार, ३० फागुन २०७५, १३ : ५३
बिहीबार, ३० फागुन २०७५

काठमााडौं– काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा होलीको चीर ठड्याइएको छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो । चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औंपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ ।

होली पर्वको शुभारम्भ भएको जनाऊ दिन वसन्तपुरमा चीर ठड्याउने गरिएको धालासिक्व मानन्धर सनाः गू खलःका सचिव मदनरत्न मानन्धरले जानकारी दिए । रंगहरुको यो पर्वमा मात्रै रंगहरुसहित होली खेल्न पाईन्छ । अन्य समयमा रंगहरुसँग खेल्न कानुनी रुपमै प्रतिबन्ध लगाइएको छ ।

बिहीबार बिहान ११ बजेर ५५ मिनेटको साईतमा वसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाईको तीनखण्डे गजुरजस्तो देखिने रंगीविरङगी होलीचीर ठड्याइएको हो । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो ।

सचिव मानन्धरले मल्लकालदेखि सुरु भएको होलीको विशेष महत्व रहिआएको पनि बताए । उनले होली पर्व भगवान कृष्णले गोपीनीहरु नुहाउन गएका बेला उनीहरुको कपडा हरण गरी रुखमा झुण्डयाएकाले सोही स्मरणको रुपमा पनि मनाउने गरिएको जनविश्वास रही आएको पनि बताए । होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसीयालीमा रंगसहित मनाउने पर्वको रुपमा लिने गरिएको छ ।

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीविरङ्गी कपडाका ध्वजापतकासहित सजाइएको बाँसको तीनखण्डे चीर ठड्याएपछि मुलुकभर होली प्रारम्भ भएको मानिन्छ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यसवर्ष काठमाडौं लगायत पहाडी जिल्लाहरुमा चैत्र ६ गते बुधबार र तराई मधेसका जिल्लाहरुमा चैत्र ७ गते बिहीबार होली पर्व परेको छ । होलीमा सरकारले सार्वजनिक विदा समेत दिने गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप