शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मलाईकासँग सम्बन्धविच्छेद पछि खुल्ला साँढे भए भन्नेलाई अरबाज खानको यस्तो जवाफ

बिहीबार, ३० फागुन २०७५, ११ : ३४
बिहीबार, ३० फागुन २०७५

२१ वर्षे आफ्नो वैवाहिक सम्बन्ध तोडेपछि अरबाज खान र मलाइका अरोडाको प्रेम सम्बन्धबारे धेरैको चासो छ । केही महिलासँग देखिएपछि अरबाजले गत वर्ष जुमटिभीलाई आफू जर्जिया एन्ड्रियानीसँग सम्बन्धमा रहेको स्विकार गरे । विवाहबारे प्रश्न सोध्दा अरबाजले भने, ‘अहिलेको कुरा गर्ने हो भने हो, म प्रेम सम्बन्धमा छु र मलाई यो कहाँसम्म पुग्छ भन्ने थाहा छैन ।’

हालै उनको डिजिटल च्याट शोमा करिना कपुर खान पहिलो पाहुनाको रुपमा उपस्थित भइन् । यो कार्यक्रममार्फत् पाहुनालाई सोसल मिडियामा ट्रोलसँग आमनेसामने गराइन्छ । कार्यक्रमको अन्त्यतिर करिनाले अरबाजसम्बन्धि एउटा ट्वीट पढिन् । उक्त ट्वीटमा मलाईकासँग सम्बन्धविच्छेदपछि अरबाज ‘खुल्ला साँढे’ भएको बताइएको छ । करिनाले हाँस्दै के यो साँचो हो भनेर सोधिन् । यसमा उनले भने, ‘तिमीलाई थाहा छ !’ करिनाले त्यसपछि भनिन्, ‘मलाई थाहा छैन ।’

त्यसपछि अरबाजले भने, ‘अरे भाइ, २१ वर्षको सम्बन्ध सिद्धिएको छ । केही हदसम्म यो कुरा साँचो हो त्यसैले  मलाई खासै नराम्रो लागेको छैन । मेलमिलापका लागि अथक प्रयास गर्दा पनि केही भइरहेको थिएन । हामी दुबैले प्रयास गर्यौं । तर त्यसले रंग ल्याएन । तर त्यसको केही समय पछि, मैले जीवनमा अघि बढ्नै थियो ।’

करिनाले त्यसपछि जिस्काउँदै भनिन्, ‘र तिमी अब खुल्ला साँढे भएको छौ ।’ अरबाजले थपे, ‘होइन, केही हदसम्म थिएँ । अहिले म ठिक छु । यसमा केही सत्यता पनि हुनसक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप