विप्लवको बन्दका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित
धनगढी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दले सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित बनेको छ ।
आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आह्वान गर्दा सुदूरपश्चिमको जनजीवन प्रभावित बनेको हो ।
आज बिहानै देखि सुदूरपश्चिम प्रदेशमा यातायातका साधन, कल कारखाना, पसल,शैक्षिक संस्था पूर्णरुपमा बन्द भएका छन् । बन्दका कारण भारतबाट मजदुरी गरी होली मनाउन घर फर्केका यात्रुहरु पनि अलपत्र परेका छन् । टीकापुर, लम्की, अत्तरिया, महेन्द्रनगर तथा पहाडी क्षेत्रहरुमा पनि बन्दको असर परेको छ ।
कैलालीको बडैपुरमा विवाहको गाडीमा पनि बन्द आह्वानकर्ताले आगजनी गरेका छन् । प्रहरीले सुरक्षामा गाडी सञ्चालन गरिरहेकोमा विवाहको गाडीलाई केही नहुने भन्दै छोडिएकोमा विप्लव समूहले आगजनी गरेको हो ।
त्यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका २ मा पनि विप्लव कार्यकर्ताले ट्रकमाथि तोडफोड गरेको छ । हेटौडाबाट पश्चिमतिर आइरहेको ना ७ ख ५४० नम्बरको मालबाहक ट्रकमाथि तोडफोड गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमो आगजनी भएको प्रहरीले जनाएको छ । गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको छ ।
भारतबाट होली मनाउन घर जान लागेका अछाम ढकारी गाउँपालिका वडा नं. ३ का ८ जना पनि धनगढी बसपार्कमा अलपत्र परेका छन् । उनीहरुले बालबच्चासँगै रहेको होटलमा बस्न पैसा नहुँदा अप्ठ्यारो परेको बताए ।
त्यसैगरी बन्दका कारण सुदूरपश्चिम प्रदेशमा सञ्चालन भैरहेको प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता पनि प्रभावित भएको छ ।
गोदावरी सडक खण्डमा बन्दका दिन किन गाडी चलाएको भन्दै रोक्न खोजेको भन्दै तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिमिल्सेना जानकारी दिए । बन्दलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको कैलाली प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन