शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यो थियो सैफ–अमृतासँग साराको अन्तिम डिनर

बिहीबार, ३० फागुन २०७५, १० : २९
बिहीबार, ३० फागुन २०७५

सारा अली खान दुईवटा फिल्मबाटै दर्शकको मनमा बस्न सफल भइसकेकी छिन् । उनी अभिनयका साथै आफ्नो चुलबुले स्वभावका लागि पनि रुचाइन्छिन् । उनले विभिन्न रियालिटी शोमार्फत् आफ्नो धाराप्रवाह बोलीले सबैलाई प्रभावित तुल्याइसकेकी छिन् । उनी आफ्ना बुवा सैफ र आमा अमृताको सम्बनधबारे पनि खुलेर कुरा गर्छिन् । हालै उनले आफ्ना आमा–बुवासँग अन्तिम पटक कहिले सँगै समय बिताएको भनेर जानकारी दिइन् ।

सारा अली खानले करण जोहरको च्याट शो ‘कफी विद करण’ मा आमा अमृता र बुवा सेफको सम्बन्धबारे कुरा गरिन् । साराले आफू कोलम्बिया युनिभर्सिटी जानुअघि आमा–बुवासँग सँगै खाना खाएको बताइन् ।

उनले भनिन्, ‘त्यतिबेला म र पापा डिनर गरिरहेका थियौं । हामीले आमालाई पनि बोलायौं । मलाई कस्तो राम्रो महसुस भइरहेको थियो किनभने म कलेज जाँदै थिएँ र मेरा आमा–बुवाले सँगै मलाई छोड्न आएका थिए । त्यो पल निकै प्यारो थियो जुन मलाई सधैं याद भइरहनेछ ।’

स्मरण रहोस्, सैफ र अमृता लगभग १५ वर्षदेखि अलग छन् । यद्यपी, दुबैले आफ्ना बच्चा सारा र इब्राहिमलाई धेरै केयर गर्छन् । साराको पनि सेफकी श्रीमती करिना र भाइ तैमुरसँग निकै राम्रो सम्बन्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप