शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवको बन्दः  यस्तो देखियो काठमाडौँ उपत्यकाको जनजीवन (फोटोफिचर)

बिहीबार, ३० फागुन २०७५, ०९ : ३५
बिहीबार, ३० फागुन २०७५

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा बिहानमा अरु दिनको तुलनामा कम गाडी चलेका छन् ।

आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आव्हान गरेको थियो ।

बन्दको पूर्वसन्ध्यामा र बिहानै देशका विभिन्न स्थानमा शंकास्पद बस्तु भेटिएका छन् भने कतिपय ठाउँमा विस्फोटको आवाज सुनिएको बताइएको छ ।  

 बिहानै बुटवलको कालिकाचौकमा बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ । भने गोरखा, पोखरालगायतका ठाउँमा पनि शंकास्पद बस्तु भेटिएका छन् । 

बन्दका कारण पूर्वपश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा सार्वजनिक सवारी चलेका छैनन् । शैक्षिक संस्था, बजार तथा औद्योगिक प्रतिष्ठानमा पनि असर परेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप