शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीको घट्टेकुलो चोकमा शंकास्पद बस्तु फेला

बुधबार, २९ फागुन २०७५, २२ : ०७
बुधबार, २९ फागुन २०७५

काठमाडौं– काठमाडौंको घट्टेकुलो चोक नजिकै शंकास्पद बस्तु फेला परेको छ । स्थानीयले बुधबार साँझ कालो झोलामा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

घटनाको जानकारीलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको महानगरीय प्रहरी बृत्त सिंहदरबारमा डीएसपी काजीकुमार आचार्यले जानकारी दिए । 

विप्लव नेतृत्वको नेकपाले बिहिबार नेपाल बन्दको घोषणा गरेको र त्रास फैलाई बन्द सफल पार्न बम राखेको हुन सक्ने आशंका गरिएको छ । मंगलबारमात्रै सरकारले विप्लव समूहलाई राजनीतिक गतिविधि गर्नबाट बन्देज लगाउने घोषणा गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप