सिद्धार्थ बैंक र डा. बि एल कपुर मेमोरिएल हस्पिटलबीच सम्झौता
बुधबार, २९ फागुन २०७५, १८ : ५९
काठमाडौं– सिद्धार्थ बैंक लिमिटेड र दिल्ली स्थित डा। बि एल कपुर मेमोरिएल हस्पिटलकाबीच सम्झौता भएको छ ।
बैंकका सम्पूर्ण डेविट, क्रेडिट र मेडिकल कार्डवाहक ग्राहकवर्गहरुले यस हस्पिटलमा स्वास्थ्य सेवा लिंदा ५०% सम्मको छुट प्राप्त गर्न सक्ने सम्बन्धी सम्झौता भएको बैंकले जनाएको छ ।
उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महा प्रबन्धक सुरेश राज महर्जन र डा. बि एल कपुर मेमोरिएल हस्पिटलका तर्फबाट ग्रुप सेल्स प्रमुखसुनिल कपुरले हस्ताक्षर गरेका छन् ।
यस अन्तर्गत बैंकका कर्मचारी तथा ग्राहकहरुले डेविट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्डमार्फत सो हस्पिटलमा भुक्तानी गर्दा विशेष छुट उपभोग गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगर : ४ वडाका ९२२ जना महिलाको क्यान्सर परीक्षण सम्पन्न
-
प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
-
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित