शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अनियमितताबारे छानबिन गर्न स्वास्थ्य मन्त्रालयले लेख्यो अख्तियारलाई पत्र

बुधबार, २९ फागुन २०७५, १६ : ४६
बुधबार, २९ फागुन २०७५

काठमाडौँ–सरकारले धरानस्थित नेपालकै प्रतिष्ठित विपी कोइराला स्वास्थ्य विज्ञान  प्रतिष्ठानमा भएको भनिएको अनियमितताबारे छानविन गरी कार्वाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ ।
उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा प्रतिष्ठानमा भएको अनिमितताका बारेमा छानविन गरी कार्वाही प्रक्रिया अघि बढाउन मन्त्रालयले आयोगलाई पत्राचार गरेकाे हाे  । 

पत्रमा प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजकुमार रौनियारले बिगतदेखि गर्दै आएका अनियमितता तथा  घोटालाका सम्बन्धमा बिस्तृत छानविन गरी कारवाहीका लागि आयोगलाई आग्रह गरिएकाे छ । 

प्रतिष्ठानमा बिगतदेखि भएका अनियमितताका सम्बन्धमा विभिन्न सञ्चार माध्याममा आएका तथा सरकारले गठन गरेका दुइवटा समितिको छानविन प्रतिवदेनका आधारमा अख्तियारलाई पत्राचार गरिएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप