केन्द्रीय संस्करण
विप्लवमाथि प्रतिबन्ध

विप्लवमाथि प्रतिबन्ध : सत्तारुढ नेकपाभित्रै तरङ्ग, प्रचण्डसहित पाँच नेताको छुट्टै बैठक

person explore access_timeफागुन २९, २०७५ chat_bubble_outline1
बबिता शर्मा

रातोपाटी

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नयाँ तरङ्ग पैदा भएको छ । सरकारको यस्तो निर्णयले सचिवालयकै केही नेताहरु असन्तुष्ट बनेका छन् । र, यसबारे नेकपाका शीर्ष नेताहरुमा छलफल सुरु भएको छ ।

सरकारले एकपछि अर्को गर्दै विवादीत निर्णय गर्नथालेपछि असन्तुष्ट बनेका सचिवालयका नेताहरु र अध्यक्ष प्रचण्ड सहित बुधबार विहान खुमलटारमा बैठक बस्यो । बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी रहेको स्रोतले बतायो ।

विप्लव पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णयबारे पार्टीमा कुनै छलफल नभएको र पार्टीलाई भद्रगोल अवस्थामा पुर्याएको, सांगठनिक एकीकरणका वाँकीकाम अलमलाएको भन्दै असन्तुष्ट चार नेताहरुले अध्यक्ष प्रचण्डलाई नीतिगत निर्णय गर्न तत्काल सचिवालयको बैठक बोलाउन प्रधानमन्त्री ओलीलाई दबाब दिनेबारे छलफल भएको स्रोतले बतायो ।

विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णयपछि चौतर्फी सरकारको विरोध भएको छ । यसमा सत्तारुढ दलकै दोस्रो तहका केहि नेताहरुको असन्तुष्टि बाहिर आएको छ । तर, यसबारे सचिवालयका शीर्ष नेताहरुको धारणा अहिलेसम्म सार्वजनिक भने भएको छैन ।

स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा छलफलबिनै एकपछि अर्को निर्णय गर्न थालेको र त्यो गलत हुने भन्दै असन्तुष्ट नेताहरुले अध्यक्ष प्रचण्डलाई पहल गर्न आग्रह गरेका थिए । खुमलटारको भेट लगत्तै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेका छन् ।

वालुवाटार स्रोतका अनुसार प्रचण्डको आग्रह अनुसार प्रधानमन्त्री ओलीले बिहिबार असन्तुष्ट चार शिर्ष नेतालाई भेट्ने कार्यक्रम तय गरेका छन् । बिहिबार प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्डसहित असन्तुष्ट चार नेताहरुको छलफलपछि मात्रै नेकपाले विप्लवमाथि लगाएको प्रतिवन्धबारे आधिकारीक धारणा सार्वजनिक गर्नेछ । साथै, एकीकरणका बाँकी काम छिटो टुंगाउन गृहकार्य पनि सुरु हुने बताइएको छ ।

 

कमेन्ट

  1. March 14, 2019, 4:58 a.m. सागरमनी गौतम
    ०५२ सालमा नै बाटो बिराएर हिडेका हरु आतङकारी घोशित भएका थिए तिनै ब्याक्तिहरु सङ अहिले सत्ता सहकार्य गर्दा चही पबित्र भो त्यही पृष्ठभुमि वाट आएकाहरुले बिप्लबको पार्टीमा प्रतिबन्ध लाउने के हैसियत राख्छन् के तुक छ र ?
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...