मलेसियामा अलपत्र परेका २३ नेपालीको उद्दार (नामावलीसहित)

काठमाडौं– मलेसियास्थित नेपाली राजदूतावासको प्रयासमा सिमोनिया, बुकिट जलिल र सेपांग घर फिर्ति केन्द्रमा अलपत्र २३ नेपालीको उद्दार गरिएको छ ।
हवाई टिकटको खर्च व्यहोर्न नसकी अलपत्र परेका उनीहरुलाई उद्दार गरेर नेपाल फर्काइएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दूतावासका अनुसार फागुन १६ गते १ जना, २१ गते ४ जना र २८ गते १८ जना गरी कूल २३ नेपालीलाई स्वादेश पठाइएको हो ।
राजदूतावासले फाल्गुण महिनामा विभिन्न घरफिर्ती केन्द्रहरुमा रहेका नेपालीहरुलाई उद्दारगर्ने उद्देश्यले भेटघाट गरेको थियो।
लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या देखिने हुँदा राजदूतावासले यथाशीघ्र उद्दार गर्न जरुरी देखी दूतावासबाट एकतर्फी हवाई टिकट उपलब्ध गराउदै आएको छ ।
दूतावासले अलपत्र परेका नेपालीहरुलाई घर फिर्ता पठाउने अभियान निरन्तर रुपमा जारी राख्ने पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै
-
पहलगाम हमला : नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
-
भुवनेश्वर कुमार बने आईपीएलमा दोस्रो सर्वाधिक विकेट लिने बलर
-
जेएनयू विद्यार्थी संघ चुनाव: अध्यक्ष सहित तीन पदमा वामपन्थी विजयी
-
क्यानडामा कारले ठक्कर दिँदा मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सिरी’ए : इन्टर मिलान हार्दा नापोली उक्लियो शीर्ष स्थानमा, उपाधिका लागि कडा टक्कर