मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जीतु र रीनाशा वर्ष व्यक्ति घोषित

बुधबार, २९ फागुन २०७५, १३ : ०६
बुधबार, २९ फागुन २०७५

 काठमाडौं – फिल्मीखबर साप्ताहिकले यो वर्षको वर्ष व्यक्ति र पुरस्कार घोषणा गरेको छ । मंगलबार एक बिज्ञप्ती जारी गर्दै कलाकार जीतु नेपाल र कोरीयोग्राफर तथा निर्देशक रीनाशा वान्तवा राई बर्ष ब्यक्ति घोषणा गरेको जनाएको हो ।

नेपालले यो वर्ष मात्र अन्तर्राष्ट्रिय रुपमा आधा दर्शन बढी देशमा स्ट्याण्डअप कमेडी तथा नेपाल भित्र ६०/६५ शो कमेडी प्रस्तुति दिएका छन् ।

रीनाशा भने कोरियोग्राफी हुँदै यसै बर्षबाट इन्टु मिन्टु लण्डन फिल्मबाट निर्देशनमा डेब्यु गरेकी हुन् ।

त्यस्तै वरिष्ठ रंगपत्रकार सविन शाक्यको स्मृतिमा फिल्मीखबर साप्ताहिकले स्थापना गरेको फिल्मीखबर सविन स्मृति रंग पत्रकारिता पुरस्कार भने विष्णु प्रसाद सुवेदीलाई दिने सार्वजनिक गरेको छ । करिब डेढ दशक देखी रंगपत्रकारितामा संलग्न विष्णु सुवेदीले यसै वर्षबाट लेन्स नेपाल डट कम सुरु गरेका छन् ।

वर्ष व्यक्तिलाई सम्मानपत्र तथा ट्रफिका साथ समान गरिनेछ, भने रंगपत्रकारिता पुरस्कारमा प्रमाणपत्र, ट्रफिका साथमा  दश हजार दश नगद समेत रहेको छ । 
 
पुरस्कार पत्रिकाको दशौं वार्षिकोत्सव १ चैत्रमा बाँडिने फिल्मीखबरका सम्पादक शान्तिप्रियले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप