बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हरिहरको किन ‘टुक्रियो एउटा सपना’ ?

बुधबार, २९ फागुन २०७५, १२ : ४८
बुधबार, २९ फागुन २०७५

काठमाडौं – युवा ज्योेतिष हरिहर अधिकारीले हिरोको रुपमा अभिनय गरेको फिल्म ‘शुभ लभ’को स्याड गीत सार्वजनिक गरिएको छ । ‘टुक्रियो एउटा सपना’ बोलको उक्त गीतमा हरिहरको दुःख देखाइएको छ । गीतमा हरिहर अभिनेत्री क्रिस्टिन पौडेलको यादमासमेत तड्पिएका छन् । गीतमा विशाल निरौलाको शब्द, संगीत र स्वर छ । 

फिल्म सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । उनको यो डेब्यू फिल्म हो । रियल लाइफझैं हरिहर यस फिल्ममा पनि ज्योतिषकै भूमिकामा देखिदै छन् ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । उक्त फिल्ममा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल लगायतका कलाकारको पनि अभिनय छ । 

फिल्ममा रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप