कविता कन्सर्टका लागि कवि पराजुली लण्डनमा
मङ्गलबार, २८ फागुन २०७५, २३ : ३४
लण्डन – बेलायतमा आयोजित कविता कन्सर्टका लागि युवाकवि नवराज पराजुली लण्डन आइपुगेका छन् ।
आइतबार लण्डनको ह्यारोस्थित ह्यारो फुटबल क्लबमा आयोजना हुने कविता कन्सर्टका लागि उनी मंगलवार लण्डन आइपुगेका हुन् ।
लण्डनस्थित हित्रो विमानस्थलमा पराजुलीको स्वागतका लागि गैरआवासीय नेपाली संघका नेता तथा समाजसेवी कृष्ण तिमल्सिना, केन्द्रीय सदस्य रामशरण सिम्खडालगायत पुगेका थिए ।
क्षेत्री समाज यूकेको आयोजनामा हुन लागेको ‘लण्डन कविता कन्सर्ट २’ बाट संकलन हुने रकमले भूकम्प अतिप्रभावित सिन्धुपाल्चोकको टेकनापुरस्थित कालिका माविमा ई–पुस्तकालय स्थापना गर्ने लक्ष्य राखिएको छ ।
१६ लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको पुस्तकालयका लागि कन्सर्टबाट आवश्यक रकम जुट्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक रामशरण सिम्खडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ
-
भारत लोकसभा निर्वाचन : पहिलो चरणमा १०२ सिटमा कहाँ र कति मतदान भयो ?
-
गोदावरीमा एमालेको कुम्भ मेला : विकसित पार्टी निर्माणमा स्पष्ट दिशानिर्देशको अपेक्षा
-
डर्ट टेम्पलले सुरु गर्यो डिटी९७७ एमएक्स च्याम्पियनसिप