सरकारको निर्णयपछि विप्लवले चाल्न सक्छन् यी तीन कदम

काठमाडौँ– मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपा पार्टीलाई प्रतिवन्ध लगाउने निर्णय गर्यो । त्यो निर्णयसँगै देशको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । सरकारले गरेको निर्णयले देश द्धन्द्धमा जान सक्ने भन्दै सामाजिक संजालमा पनि चिन्तासहितको विभिन्न टिप्पणी आएका छन् ।
साथै सरकारले प्रतिवन्ध लगाउने निर्णय गरेपछि अब विप्लव समूह के गर्छ ? भन्ने चासो र चर्चाको विषय बनेको छ ।
सरकारको निर्णयलगत्तै रातोपाटीलाई पहिलो प्रतिक्रिया दिँदै विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य भेषराज भुसालले सरकारले गरेको निर्णयकोे प्रतिवाद गर्ने बताइसकेका छन् ।
उनले भनेका छन्, ‘सरकारले आज गरेको निर्णयले जनताको सीमित अधिकारमाथि नांंगो हस्तक्षेप र षड्यन्त्र गरेको छ। पार्टीले यसको प्रतिवाद गर्छ । सरकारको यो निर्णयले हामीलाई कुनै असर गर्दैन । हामी जनताको पक्षमा लड्छौँ ।’
उनको यो भनाई र केही राजनीतिक विष्लेशकको आँकलन अनुसार विप्लव नेतृत्वको पार्टीले अब यी ३ कदम चाल्न सक्छ ।
पहिलो, राज्यले नै नेकपालाई प्रतिबन्ध लगाएपछि घोषित रुपमै युद्दमा जान सक्छ । दोस्रो, तत्काल कार्यकर्तालाई भूमिगत हुन लगाएर केही दिनपछि सशक्त कारवाहीमा उत्रिन सक्छ । तेस्रो, एकपटक वार्ताको कोशिस पनि हुन सक्छ ।
एक विष्लेषकका अनुसार सरकारले विप्लव समूहलाई प्रतिवन्ध लगाएर झन् सजिलो बनाइदिएको । उनी भन्छन्, ‘सरकारले यो कदम चालोस् भन्ने पक्षमै विप्लव देखिन्थे । आजको निर्णयले विप्लवलाई सहज बनाइदियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी तेल खरिद गर्दा भारत–चीनमाथि ५०० प्रतिशत ट्यारिफ लाग्ने चेतावनी
-
नासाको भावी प्रमुखबाट मस्कका निकट सहयोगी जारेड आइज्याकम्यानको नाम ट्रम्पले लिए फिर्ता
-
परराष्ट्रमन्त्री डा राणा हङकङबाट स्वदेश फिर्ता
-
अमेरिकासँग प्रस्ताव फेर्न आग्रह गर्दै हमास
-
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित
-
राइड सेयरिङ तनाव : सरकार-व्यवसायी अडानले मर्कामा यात्रु