शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युएईमा नेपाल एशोसिएशनको नाममा एनआरएनए दर्ता

मङ्गलबार, २८ फागुन २०७५, १८ : ०६
मङ्गलबार, २८ फागुन २०७५

युएई । नेपाल एशोसियशनको नाममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) यूएईमा दर्ता भएको छ । 

गत आइतबार एनआरएनए युएईको अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) कम्युनिटी डेभलपमेन्ट अथोरिटी (सीडीए) मा दर्ता भएको हो । 

जसको कार्यकाल एक बर्षको हुनेछ । संस्थाले सामाजिक, सांस्कृतिक, खेलकुद, मनोरञ्जन र परोपकारी क्षेत्रमा काम गर्ने सक्ने उल्लेख गरिएको छ ।  

युएईको कानुनअनुसार सामाजिक संस्था दर्ता गर्न युएईका स्थानीय नागरिक २ जनासहित न्युनतम ८  जना रहनुपर्ने प्रावधान छ । जसमा एनआरएनए अध्यक्षसहित अन्य ७ जना पदाधिकारीहरु रहेका छन् ।

एनआरएनए युएई कानुनी रुपमा दर्ता भएको दोस्रो नेपाली गैर नाफामुलक सामाजिक संस्था हो। यसअघि ‘हामी नेपाली’ नामक संस्था युएईमा दर्ता भैसकेको छ ।

एनआरएनए युएई कानुनी रुपमा दर्ता भएलगत्तै युएईमा हुने सामाजिक कार्य्रकमहरूले सहजता पाउने आम युएईबासी नेपालीहरूले बिश्वास लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप