शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल भित्रिने पर्यटकको संख्यामा बृद्धि, फेब्रुअरीमा मात्रै १ लाख २४ हजार आए

सोमबार, २७ फागुन २०७५, १८ : ३९
सोमबार, २७ फागुन २०७५

काठमाडौं– अघिल्लो महिनाको ट्रेण्डलाई पछ्याउदैं फेब्रुअरीमा पनि नेपाल भित्रिने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ ।

इमिग्रेसन विभाग र यसका कार्यालयका अनुसार यो महिना हवाई मार्गबाट नेपाल प्रवेश गरेका ९७ हजार ६ सय ९४ पर्यटकसमेत गरी कुल १ लाख २४ २४ हजार ४ सय २१ भ्रमणकर्ताहरु नेपाल आएका छन् । यो संख्या अघिल्लो वर्षको यही महिनामा आएका पर्यटकहरुको संख्याको तुलनामा ३९% बढी हो । 

फेब्रुअरी महिनामा नेपाल आउने भारतीय पर्यटकको संख्या सन् २०१८ फेब्रुअरीमा भन्दा ९२.५% ले वृद्धि भयो । त्यस्तै समग्र सार्क राष्ट्रहरुबाट नेपाल भित्रिने यात्रुहरुको संख्यामा पनि उल्लेख्य वृद्धि देखिन्छ ।नेपालमा बढी संख्यामा आउने चीन, अमेरिकी पर्यटकहरुको संख्यामा पनि वृद्धि भएको छ ।

यी दुई देशबाट नेपाल भित्रिने पर्यटकहरु अघिल्लो वर्षको यही महिनाको भन्दा ५% को हाराहारीमा बढेको नेपाल टुरिजम बोर्डको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कको एक रोचक पक्ष, यो महिना हवाई मार्गबाट आउने पर्यटकमा भारत भन्दा चीन र श्रीलंकाबाट आउने पर्यटकहरु बढी छन् ।

नेपाल पर्यटन बोर्डका सीईओ दीपक राज जोशीले नेपालमा पर्यटक अवागमन बढ्नुमा नेपाल पर्यटन बोर्ड र नीजि क्षेत्रका ट्राभल व्यावसायीहरुले संचालन गरेको प्रचार अभियान भएको बताएका छन् । यो बृद्धिले ‘नेपाल भ्रमण वर्ष २०२०’का लागि लिइएको पर्यटन आगमनको लक्ष प्राप्त हुने विश्वास नेपाल पर्यटन बोर्डको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप