बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गजुरीबाट चरेससहित ३ भारतीय नागरिक पक्राउ

सोमबार, २७ फागुन २०७५, १४ : ४०
सोमबार, २७ फागुन २०७५

धादिङ– नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट जाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । 

काठमाडौंबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीस्थित प्रहरी जाँच गर्दा एसआर५५एम ९४८४ नंको भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताए ।

भारतीय ट्रकलाई लागुऔषध नियन्त्रण ब्यूरोले शङ्का लागि जाँच गरेको थियो । ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बम बनाई ल्याइएको अवस्थामा बोरा जाँच गर्दा सो लागुऔषध चरेस बरामद भएको हो । 

प्रहरीले चरेस कारोवारमा संलग्न भएको आरोपमा भारत मैनपुरी जिल्ला सुरवली थाना उत्तरप्रदेश निवासी गाडी चालक ६४ वर्षीय ओमप्रकाश र साहु भारत, मोतिहारी जिल्ला तुमरीय टोल रक्सोलका ३४ वर्षीय गुलाफ खानलाई पक्राउ गरेको हो । प्रहरीले ट्रक सहचालकसमेत पक्राउ गरेको भए पनि नाम खुलाएको छैन । 

उनीहरुलाई इलाका प्रहरी कार्यालय गजुरीले हिरासतमा लिएको छ । सवारीसाधन र लागुऔषध बरामद गरिएकाले लागुऔषध ओसारपसारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ । जिल्लामा प्रतिबन्धित लागुऔषध चरेस यति ठूलो मात्रामा बरामद गरिएको यो पहिलो पटक हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप