फेरि एउटा सपना दक्षिण कोरियाको आकाश मै बिलिन भएछ...
जब हामी कोरियाली श्रमका लागि छनौट हुन्छौँ, त्यतिबेला हाम्रा खासै ठूला सपना हुँदैनन् । अलिकति आर्थिक समृद्धि, अलिकति परिवारलाई व्यवस्थित बनाउने, परिवार र छोराछोरीलाई अलिकति सुख सन्तुष्टि दिने, केही पेशा व्यवसायमा लगानी गरेर बाँकी जिन्दगी आनन्द गरी बिताउने ।
सामान्य आप्रवासी श्रमिकहरुको यस्तै यस्तै सुखद र छोटो मीठो सपना हुन्छ ।
अनि जब कोरियाली भूमि टेकिन्छ, त्यसपछि शुरु हुन्छ आम्दानीभन्दा बढी खर्चका नयाँ नयाँ शीर्षकहरु र तिनै शीर्षकहरुको चाङ्भित्र श्रमिकहरुका व्यक्तिगत सपना वा इच्छाहरु कतै हराइसक्छन् किनकि श्रमिकहरुको पहिलो प्राथमिकता स्वदेशमा हुने घर परिवारको इच्छा र चाहना पूरा गर्नमा केन्द्रित हुन्छ ।
त्यसपछि आफन्त, साथीभाइ, छरछिमेकी हुँदै कहिल्यै आफ्नो पालो आउनै पाउँदैन । कथंकाल आफ्नै घर परिवारले समेत यहाँ गरिने अवर्णनीय भुक्तमानको पीडा नबुझिदिए अझ ‘पहिलो गाँसमै ढुङ्गा’ भने झैँ हुन्छ । त्यसबीचमा देखिन्छ कैँयौँ घरपरिवारहरुमा बिग्रह र बिचलनका शृंखलाहरु । तर पनि जिन्दगीको तारलाई निरन्तर रेट्नै पर्दछ, चाहे मिलेको होस् या नमिलेको होस् । हामीलाई परदेशको बसाईले यही सिकाएको छ ।
उनीहरु कहिल्यै थकाइ मार्दैनन्, अल्छी गर्दैनन्, ठग्ने बहाना खोज्दैनन्, पिर मानेर बस्दैनन्, अनि त्यही हुलभित्र मिसिन आइपुग्ने हामीले न त आफ्ना पिरहरुमा एकान्त खोजेर सुँक्सुकाउन पाइन्छ, न त दुखहरु पोखेर शान्त हुने समय नै । समयको सुई संगै निरन्तर घुमिरहनुपर्छ अबिश्राम त्यतिबेलासम्म, जसरी उदयपुरका भुपाल राई हार्ट अट्याक भएर अस्पताल लैजाँदा लैजाँदै सपनाहरुको बिस्कुन खलो मै छाडेर अलप भए...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओस लगायतका देशमा जान चाहनेहरुका लागि सरकारले जारी गर्यो तीन बुँदे ट्राभल एडभाइजरी
-
टाउकोमा सिलौटाले हानेर श्रीमतीको हत्या
-
टिकटकलाई अझै केही समय अमेरिकामा सञ्चालन गर्न दिने ट्रम्पको संकेत
-
सरकारी डाक्टरलाई कडाइ : कार्यालयमा नबसे अब भोग्नुपर्छ कारबाही
-
भन्सालीको फिल्ममा ओरी
-
सभापति पोखरेलको जवाफ– म जुनसुकै परीक्षामा बस्न तयार छु