इथियोपियन विमान दुर्घटनामा एक नेपालीको पनि मृत्यु

काठमाडौं । इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर उडेको विमान दुर्घटनामा एकजना नेपालीको पनि मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु भएका नेपालीको पहिचान एकता अधिकारी हुन् भन्ने प्राप्त भएको छ । उनी इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम कार्यालयमा कार्यरत थिइन् । विमानमा सवार सबैको ज्यान गएको पुष्टि भइसकेको छ ।
त्यस्तै विमान दुर्घटनामा मृत्यु हुनेमा सबैभन्दा धेरै केन्याका रहेका छन् । केन्याका ३२ जनाले विमान दुर्घटनामा ज्यान गुमाएका छन् । त्यस्तै क्यानडाका १८, इथोपियाका ९ जना, चीनका ८, इटालीका ८, अमेरिकाका ८ र फ्रान्सका ७ जना रहेका छन् ।
यस्तै युकेका ७, इजिप्टका ६, जर्मनीका ५, भारतका ४ स्लोभकियाका ४, रसियाका ३, स्वीडेनका ३, स्पेनका २, इजरायलका २ जनाले ज्यान गुमाएका छन् ।
इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट विहान ८ः३८ मा उडेको र उडेको ६ मिनेटपछि नै विमानको टावरसँग सम्पर्क विच्छेद भएपछि दुर्घटना भएको थियो ।
विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रको संरक्षण एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व : राष्ट्रपति पौडेल
-
पहिरोको जोखिममा दलित बस्ती
-
जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर
-
आरआर क्याम्पसमा नेविसंघको विवाद के हो ?
-
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुको मोटरसाइकल र्याली, तस्बिरमा हेर्नुहोस्
-
देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या छैन, ओलीले छोडेर गए त के लाग्छ र !