सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीको अमेरिका भ्रमण: शीतल निवासदेखि एयरपोर्टसम्म पुग्दा जे देखियो (फोटोफिचर)

राष्ट्रप्रमुखको विदेश भ्रमणमा जाँदा सवारीमा एक लेन मात्र खाली गरिएको इतिहासमै पहिलोपटक
आइतबार, २६ फागुन २०७५, २० : ०३
आइतबार, २६ फागुन २०७५

 काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३ औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  आइतबार अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेकी छिन् ।

राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न उनी नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
प्रस्थानका क्रममा राष्ट्रपति भण्डारी शीतल निवासबाट गौशला हुँदै सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।

राष्ट्रपति भण्डारीको यो पटकको सवारी व्यवस्थापनमा त्यति धेरै कडाई गरिएको देखिएन । राष्ट्रपतिको सवारी भैरहँदा अर्को लेनमा सार्वजनिक सवारी साधनहरु गुडिरहेको देख्न सकिन्थ्यो ।

आज राष्ट्रपतिको सवारी हुँदा एक लेन बाटो मात्रै खाली गरिएको छ भन्नुको अर्थ राष्ट्रपति शितल निवासबाट हिँडेपछि एक लेनको गाडी चाँडो तानेर अरु लेनमा सर्वसाधारणको सवारी आवतजावतमा कुनै अवरोध नगरिएको हो भनी ट्राफिक महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले बताए । उनका अनुसार राष्ट्रप्रमुखको विदेश भ्रमणमा जाँदा सवारीमा एक लेन मात्र खाली गरिएको ईतिहासमै पहिलोपटक हो ।

तस्विर: कृष्ण खड्का /सुवास श्रेष्ठ /रातोपाटी   


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप