१० वर्षको उमेरमा प्रेम, १२ वर्षको उमेरमा बच्चा
बुटवल– ‘उनीसँग मेरो भेट हुँदा म १० वर्षकी थिएँ । हामी एउटै स्कुलमा पढ्थ्यौं । उनी बस्ने र मेरो घर नजिकै थियो । उनी मेरो घरमा आइरहन्थे । यस्तो होला भन्ने मलाई थाह थिएन । मैले माइतीमै तीन हप्ताअघि छोरी जन्माएकी छु’, आइतबार बर्दियाकी १२ वर्षीया बालिका सविता (नाम परिवर्तन) ले भनिन् । सविताको बिहे भएको छैन । तर १० वर्षकै उमेरमा प्रेम र त्यसपछिको शारीरिक सम्बन्धबाट उनले कलिलो उमेरमै सन्तानलाई जन्म दिएकी छिन् ।
बर्दियाको गेरुवा गाउँपालिका–४ खनपुरस्थित सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत सविताले जुम्लाका श्याम (नाम परिवर्तन) सँगको प्रेम र त्यसपछिको सम्बन्धबाट कलिलो उमेरमै सन्तानलाई जन्म दिएकी हुन् ।
श्यामको उमेर पनि भर्खर १४ वर्ष भएको छ । जुम्लाको मालिकाफाँट गाउँपालिका घर भएका रावत बर्दियास्थित दिदीको घरमा बसेर पढ्दै आएका थिए ।
सविताले श्यामसँग प्रेम सम्बन्धपछि अन्जानबस सन्तान हुन गएको बताइन् । श्यामले पनि आफूहरुलाई यस्तो होला भन्ने थाहै नभएको बताए ।
२०६३ चैत्र १३ गते जन्मिएकी सविताले फागुन ७ गते माइतीघरमा छोरीको जन्म दिएकी हुन् ।
‘घर नजिक–नजिक छ । दुबैबीच आउने जाने हुने गथ्र्यो । मैले त्यस्ता बालबालिकामा कुनै पाप–शंका गरिनँ, आखिर त्यस्तो सम्वन्ध रहेछ’ सविताकी आमाले भनिन्, ‘सविता जेठी छोरी हो । मैले कान्छी छोरी आउँदो बैशाख २९ गते एक वर्षकी पुग्दैछिन् ।’
उनले छोरीले बच्चा जन्माएको थाहा पाएर श्रीमान रिसाएर नेपालगञ्ज तिर गएको भन्दै अहिले आफू निकै तनावमा रहेको बताइन् ।
गेरुवा गाउँपालिकास्थित वडा नम्वर ४ का वडाध्यक्ष बलबहादुर चलाउनेले बालिकाको माइतीको आर्थिक अवस्था कमजोर रहेको भन्दै नवजात शिशुलाई पौष्टिक आहराको अभाव रहेको बताए ।
उक्त घटना भएको थाहा पाएपछि जुम्लाको तिला भन्ने गाउँबाट श्यामका हजुरबुवा गेरुवा आइपुगेका छन् । यस्तो घटना भएपछि दुबैका परिवार आपसी समझदारीमा बिहे गराउन जुटेको बताइएको छ ।
तर वडाध्यक्ष चलाउने सहितका स्थानियवासीले भने सविताको शरीर सुनिएको र पौष्टिक आहरकोकमीले आमाबच्चा जोखिममा पर्न सक्ने भन्दै उद्धारका लागि अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण