पृथकतावादी आन्दोलन समाप्त भएको छ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा पृथकतावादी आन्दोलन समाप्त भएको बताएका छन् । प्रधानमन्त्री ओलीले सिके राउत पृथकतावादी आन्दोलन छाडेर सरकारसँग आउनु ठूलो सफलता भएको पनि स्पष्ट पारेका हुन् । उनले सिके राउत मूल धारको राजनीतिमा आएसँगै मुलुकमा पृथकवादी आन्दोलन, समूह, संगठन केही पनि नरहेको पनि बताए ।
सिके राउतले संविधान मानेर मूल धारको राजनीतिमा आउनुलाई केहीले शंकाले दृष्टिले हेरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि पनि व्यक्त गरे । ‘पृथकतावादी आन्दोलन छाडेर मूल धारको राजनीतिमा आउनु र ल्याउन मुलुकको सुशासन र विकासलागि सफलता नभए के हो ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो ।
राष्ट्रिय किसान आयोगले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सिके राउत मूल धारको राजनीतिमा आएकोमा शंका नगर्न पनि आग्रह गरे । शंका, षडयन्त्र र धोकामाथि आफ्नो विश्वास नै नरहेको प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले सिके राउत मूल धारको राजनीतिमा आउँदा केही मान्छे छटपटाएको उल्लेख गर्दैै त्यसलाई मान्छेसँग रिसाएको बिरालोले खाँबो चिथोरेको घटनासँग तुलना पनि गरे । उनले सरकारले मुलुकको समृद्धिका लागि आफ्नो अभियानलाई तीव्रताका साथ अघि बढाएको दावी पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएपछि छायो खुसियाली
-
बागमती सफाइ महाअभियान १३ औँ वर्ष प्रवेश
-
मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प
-
चलचित्र ‘जनै हराएको बाहुन’ भदौ ६ गते प्रदर्शन हुने
-
१० बजे १० समाचार : गभर्नरको विषय गठबन्धनलाई नै भारी पर्दै, सिंहदरबारमा बालेन शाहको खोजी
-
एनआरएनएसम्बन्धी परमादेश कार्यान्वयन भएको भन्दै सर्वोच्चलाई परराष्ट्रको पत्र