पृथकतावादी आन्दोलन समाप्त भएको छ : प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा पृथकतावादी आन्दोलन समाप्त भएको बताएका छन् । प्रधानमन्त्री ओलीले सिके राउत पृथकतावादी आन्दोलन छाडेर सरकारसँग आउनु ठूलो सफलता भएको पनि स्पष्ट पारेका हुन् । उनले सिके राउत मूल धारको राजनीतिमा आएसँगै मुलुकमा पृथकवादी आन्दोलन, समूह, संगठन केही पनि नरहेको पनि बताए ।
सिके राउतले संविधान मानेर मूल धारको राजनीतिमा आउनुलाई केहीले शंकाले दृष्टिले हेरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि पनि व्यक्त गरे । ‘पृथकतावादी आन्दोलन छाडेर मूल धारको राजनीतिमा आउनु र ल्याउन मुलुकको सुशासन र विकासलागि सफलता नभए के हो ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो ।
राष्ट्रिय किसान आयोगले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सिके राउत मूल धारको राजनीतिमा आएकोमा शंका नगर्न पनि आग्रह गरे । शंका, षडयन्त्र र धोकामाथि आफ्नो विश्वास नै नरहेको प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले सिके राउत मूल धारको राजनीतिमा आउँदा केही मान्छे छटपटाएको उल्लेख गर्दैै त्यसलाई मान्छेसँग रिसाएको बिरालोले खाँबो चिथोरेको घटनासँग तुलना पनि गरे । उनले सरकारले मुलुकको समृद्धिका लागि आफ्नो अभियानलाई तीव्रताका साथ अघि बढाएको दावी पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
-
इप्पान निर्वाचन: कोषाध्यक्ष पदको मतगणना सुरु
-
१२ बजे १२ समाचार: उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजनादेखि इन्टर्न चिकित्सकको चरम शोषणसम्म
-
पहिलो म्याचिङ् लिस्टबाट छात्रवृत्तिका लागि ३ हजार ५१ जना विद्यार्थी भर्ना: दोस्रो म्याचिङ लिस्टमा ४८६ जना विद्यार्थी
-
इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
-
सर्वोच्चद्वारा वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर, जेनजी मुभमेन्टद्वारा मन्त्री बर्खास्तीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण