केन्द्रीय संस्करण
अन्तरवार्ता

एक महिने जनसंवाद यात्रापछि बाबुरामको निष्कर्ष : नेताहरु भ्रष्टाचारमा, कार्यकर्ता ऋणमा

'देशमा अर्को क्रान्ति चाहियो'

person explore access_timeफागुन २६, २०७५ chat_bubble_outline0
बबिता शर्मा

रातोपाटी

चुनाव वा खासखास कार्यक्रम लिएर राजनीतिक नेतृत्व केही दिनका लागि जिल्ला दौडाहामा निस्किने परम्परा छ । तर पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले चाहिँ यसपालि त्यो परम्परा तोडे । उनको नयाँ शक्ति पार्टी नेपालले ‘असल राजनीति र समावेशी विकासका लागि’ एक महिने ‘जनसंवाद यात्रा’ गर्यो । माघ १५ गते पाँचथरको चिवाभञ्याङबाट सुरु भएको यो यात्रा मध्यपहाडी लोकमार्ग हुँदै फागुन २५ गते बैतडीको झुलाघाट पुगेर समापन भएको हो । १ हजार ७ सय ६५ किलोमिटर यात्राको नेतृत्व पार्टी संयोजक भट्टराईले गरेका थिए । केही महिनाअगाडि व्यवहारिक अध्ययनका लागि युरोपदेखि अमेरिकासम्म गएका डा. भट्टराईका लागि यो ‘जनसंवाद यात्रा’ पनि अध्ययनकै विषय बन्यो । यहाँ पुगेर उनले देशलार्ई अझ नजिकबाट बुझे, समाज बुझे, विकास बुझे र अनि बुझे हाम्रो पहाडी भूभागको अर्थतन्त्रको आयाम पनि । उनले सबैभन्दा बढी बुझेको विषय थियो– जनता र समाजको मनोविज्ञान । आफूले देखेको देशको चित्र अनुभव उनले संसदमा समेत प्रस्तुत गरे । विशेष समय लिएर आधा घण्टा बोलेका डा. भट्टराईको सम्बोधन अन्य सांसदले पनि चासोपूर्वक सुने । २८ जिल्लामा कुल १४४ जनसंवाद कार्यक्रम गरेका उनले अभियानकै क्रममा सोसल मिडियामार्फत् र काठमाडौँ फर्केपछि संसदमा आफ्नो अनुभव राखे । तिनै नेता डा. भट्टराईसँग उनको एक महिने नेपाल यात्रा र अनुभवका बारेमा केन्द्रीत रहेर रातोपाटी सहकर्मी बबिता शर्माले कुराकानी गरेकी छिन् ।

पूर्वदेखि पश्चिमसम्म एकैपटक ३० दिने यात्रा गर्नुभयो । यो यात्राबाट नेपाललार्ई कसरी बुझ्नु भयो ?

माघ १५ देखि फागुन १५ सम्म पूर्वको चिवाभञ्ज्याङदेखि पश्चिमको झुलाघाटसम्म मध्यपहाडी पुष्पलाल लोकमार्गको हामीले यात्रा गर्यौँ । यसको लक्ष्य असल राजनीति र समावेशी विकासका लागि जनसंवाद भन्ने थियो । आम जनता, स्थानीय तहका पदाधिकारीलार्ई भेट्ने र अहिलेको धरातलीय अवस्था र खासगरी मध्यपहाडलार्ई बुझ्ने हाम्रो लक्ष्य थियो । म बेलाबखत बाहिर गइरहन्छु, शहरमा मात्रै रमाउने व्यक्ति होइन  । नेपालको मध्यपहाडको पूर्वदेखि पश्चिमसम्म एउटै शृङ्खलामा हेर्ने अवसर नयाँ नै प्राप्त भयो । त्यसले नेपाललार्ई बुझ्न मद्दत पुगेको महसुस गरेँ ।

यात्रामा सामाजिक मनोवैज्ञानिकको पाटो कस्तो पाउनुभयो ?

हाम्रो राजनीति लामो संघर्षको कालखण्ड पार गरेर यहाँसम्म त आयो तर, नेतृत्व जनताबाट कटेको देखियो । धेरै ठाउँमा बृद्ध व्यक्तिहरुले भन्नुभयो, ‘यहाँ ०१४–०१५ सालमा महेन्द्र आएका थिए । त्यसबाहेक अहिलेसम्म अरु कोही आएनन् ।’ प्रधानमन्त्री, पुर्वप्रधानमन्त्री त के मन्त्री पनि हामीकहाँ आएका थिएनन् भन्ने धेरै ठाउँमा सुनियो । यसले के देखाउँछ भने औपचारिक रुपमा हाम्रो लोकतन्त्र बन्यो तर व्यवहारमा जनतासँग जोडिएको छैन । त्यसबाट हाम्रो संस्कार कति न्यून छ । लोकतन्त्र कति कमजोर छ भन्ने बोध भयो । जनतामा अहिले डिजिटल प्रविधिको प्रयोगको कारणले गर्दा चेतना जागेको छ ।

मानिसका आकांक्षाहरु बढेका छन् । तर राजनीतिक परिवर्तनपछि र दुइ तिहाईको वामपन्थीको सरकार आउँदा यो पहिलो वर्षमा जीवनमा प्रत्यक्ष अनुभूति गर्ने परिवर्तन भएको देखिएन । त्यसबाट जनता धेरै असन्तुष्ट भएको देखियो । स्थानीय तहमा बढी काँग्रेस र कम्युनिष्टकै कार्यकर्ता छन् । तर हामी पार्टीभन्दा पनि राष्ट्रिय एजेण्डा लिएर छलफल गर्न निस्केका थियौँ । त्यसकारण सवैले उत्साहजनक ढंगले भेटघाट गर्नुभयो । उहाँहरुमा बाह्यरुपमा पार्टीको अनुशासनभित्र रहेर प्रतिवद्धता जनाएपनि भित्रीरुपमा आम असन्तुष्टि देखियो । किनकि जनताले दिनहुँ समस्या झेल्नु परिरहेको छ । स्थानीय तहलार्ई अधिकार दिने भनी संविधानमा परिकल्पना गरिएको कुरा व्यवहारमा कार्यान्वयन हुन नसक्नु, जनताका इच्छा पूरा गर्न नसक्नुका कारण स्थानीय तहका पदाधिकारी पनि निराश भएको देखियो । त्यसो भए यसलार्ई के गर्नुपर्छ भनेर हामीले सुझाव लियौँ र मैले संसदमा पनि बोलँे ।

यही वर्ष मैले अमेरिका र युरोप– जहाँ अत्यन्त विकसित ठाउँ, भौतिक, आर्थिक रुपमा विकसित मात्रै होइन वैचारिक रुपमा सवैभन्दा उन्नत चेतना बोकेका व्यक्तिहरुसँग भेटघाट गर्ने र संसारको सवैभन्दा पिछडिएको क्षेत्रको तुलनात्मक ढंगले अध्ययन गर्ने अवसर प्राप्त गरें । त्यो तुलना गर्दा हामी अत्यन्त पछाडि छाँै ।

हामीले ठूलो राजनीतिक क्रान्ति त गर्यौँ तर अरुले पहिल्यै गरिसकेका थिए । त्यसकारण हामी सय वर्ष पछाडि परिराखेका छाँै । राजनीतिक परिवर्तन, आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन भयो तर हाम्रो चेतनास्तर, दृष्टिकोण, शैली अत्यन्त रुढिवादी संकीर्ण छन् अझै । यी सवैलार्ई हेर्दा हामी धेरै पछि छौँ । र, विश्वलार्ई पच्छ्याउने हो भने हामीले धेरै मेहनत गर्नुपर्छ । गफले मात्रै हुदैँन भन्ने प्रष्ट बोध भएको छ । यसलार्ई बदल्न नयाँ मिसनसहित हिँड्नुपर्छ भन्ने अठोट गरेका थियौँ, त्यसमा बल पुगेको महसुस भयो ।

पछिल्लो समय सम्भवत ३० दिन काठमाडौँ बाहिर बस्नु भएको थिएन । काठमाडौँसँग देशको अरु भूभागको दुरीका हिसावले त्यहाँको सोच कस्तो पाउनुभयो ?

एकीकरणपछि राणा शासन, पञ्चायती व्यवस्था हँुदै हिजो काठमाडौँ एकात्मक राज्यसत्ताको केन्द्र बन्यो । त्यसैले शासक र शासितको मानसिकता अहिले पनि छ । लोकतन्त्र आयो, हामी सवै बराबरी छौँ, नेताहरु भनेका हामिले निर्वाचित गरेका मानिस हुन् भन्ने कुरा भन्दा पनि हिजोका शासकले जस्तो व्यवहार गरेका थिए, अहिले पनि नयाँ शासक पैदा भैरहेका छन् भन्ने खालको मानसिकता जनतामा रहेको पाइयो । शासक र शासितको दूरी कायम रहेकै देखियो । त्यसले एक प्रकारको अविश्वास जस्तो पनि देखियो ।

हाम्रो निर्वाहमुखी अर्थतन्त्र छ र त्यसले धान्न नसकेर मानिसहरु पलायन भइरहेका छन् । गाउँघरतिर युवाहरु प्रायः देख्न सकिँदैन । त्यसमा पनि युवा पुरुष त झन् देख्न नसकिने । पूर्वदेखि पश्चिमसम्मनै त्यो समस्या देखियो ।

त्यसो त कम चेतनाले गर्दा पनि शक्तिपुजा हुन्छ । तर आमरुपमा जनतामा वितृष्णा छ । काठमाडौँ हिजो सत्ताको जुन केन्द्र रह्यो अहिले संघीयता भैसकेपछि प्रदेश र स्थानीय तहमा दिएको अधिकारको व्यवहारिक अनुभूति तल हुन सकेको देखिएन । जनताबाट चुनिएका प्रतिनिधि पनि चुनावको बेलामा जाने, पैसा खर्च गर्ने, ठूला सपना बाँड्ने र काठमाडौँ आउने पछि नफकर्ने कारणले जनताको सत्तासँगको दुरी यथावत रहेको देखियो ।

विकासको चित्र कस्तो देख्नुभयो ? 

हामी धेरै पछाडि छौँ । पहिलो कुरा हाम्रो निर्वाहमुखी अर्थतन्त्र छ र त्यसले धान्न नसकेर मानिसहरु पलायन भइरहेका छन् । गाउँघरतिर युवाहरु प्रायः देख्न सकिँदैन । त्यसमा पनि युवा पुरुष त झन् देख्न नसकिने । पूर्वदेखि पश्चिमसम्मनै त्यो समस्या देखियो । र, परम्परागत कृषिले रोजगार दिन नसक्ने अबस्था रहेछ । जीवनयापन ठीक ढंगले चल्न नसक्ने कारणले गर्दा विदेश पलायन कि त पहाडबाट मधेश झर्ने, शहर झर्ने गरेको देखियो । जीवनस्तरमा मध्ययुग जस्तै अनुभूति भयो वास्तवमा । पूर्वतिर राजनीतिक, सामाजिक, साँस्कृति रुपमा अलि अगाडि देखियो । मध्यमा ठीक ठीकै छ । सुदुरपश्चिम र मध्यपश्चिम खासगरी रुकुमदेखि जाजरकोट दैलेखसम्मको क्षेत्र अहिले पनि धेरै पिछडिएको अवस्था छ । आर्थिक रुपमा पनि धेरै विपन्नता, गरिबी दरिद्रता आमरुपमा घरको वनावट र लवाइखुवाइमा देखिन्छ । स्वास्थको हिसाबले शरीरको बनोट एकदमै सुकेको चाउरिएका जस्ता देखिन्छन् । त्यसकारण हामीले गर्नुपर्ने धेरै छ । यो तेस्रो विश्वको स्तरबाट पहिलो विश्वको स्तरमा हामी पुग्ने हो भने निरन्तरताकै बाटोबाट हिँडेर पुग्दैनौँ । ठूलो फड्को हान्ने राष्ट्रिय योजना चाहियो । राजनीतिक परिवर्तनको निमित्त देशलार्ई झक्झक्याएका थियौँ जनयुद्धमार्फत् । त्यसरी नै आर्थिक, सामाजिक परिवर्तनलार्ई अर्को प्रकारको क्रान्ति देशले माग गरेको अनुभूति मैले गरे । 

तपार्ईंंले भनिहाल्नुभयो, अभियान जनसंवादको भनेर, त्यही पनि संगठन निर्माणमा यो अभियान कति सफल भयो भन्ने लाग्छ ?

अहिले हामी संगठन निर्माणबारे कुरै गरेनाँै । पहिलो कुरा, धेरै मानिसलार्ई के भ्रम परेको छ भने काँग्रेस र कम्युनिष्ट दुई ठूला पार्टी छँदैछन् । त्यस्तै अर्को अलि असन्तुष्टहरुको जमात बनाएर च्याँखे थाप्ने अर्थमा मानिसले नयाँ पार्टीलाई बुझ्ने समस्या छ । तर हाम्रो बुझाइ त्यो होइन ।

२१ औँ शताब्दीको नयाँ सहस्राब्दी सुरु हुँदासम्म युगीन परिवर्तन भएको छ । ५ सय वर्षमा विश्वले नयाँ फड्को हानेको छ । इतिहासमा पहिलो पटक वस्तु र सेवाको प्रचुरता ठीक ढंगले वितरण गर्न सक्ने हो सवै मानिसलार्ई उन्नत जीवन पुग्ने गरी प्राप्त छ । तर, विकसित र अल्पविकसित देशको अन्तर, देश भित्रपनि विभिन्न समुदाय र वर्गको अन्तर नै ठूलो समस्या हो ।

मैले राष्ट्रिय एजेण्डा र आर्थिक एजेण्डा विस्तारित गरेर राख्ने सोचेको पनि छु । प्रतिव्यक्ति १ हजार डलर आय भएको संसारको सवैभन्दा अल्पविकसित २८ देश छन्, हामी त्यसकै समूहमा पर्छौं । विकसित देशहरुको प्रतिव्यक्ति आय ७०–८० गुना बढी छ । यो जुन खाल्डो छ, त्यसलार्ई २०–२५ वर्षभित्र पूर्ति गरेर तेस्रोबाट पहिलो विश्वमा पुग्न के गर्नुपर्छ ? यो रणनीति पहिला बन्नुपर्छ भन्ने हो ।

अहिलेका अधिकांश पार्टीहरु हिजोका पूँजीवाद र साम्यवादका विचारमा आधारित पार्टीहरु हुन्, त्यो त २० औँ शताब्दीको शितयुद्धसँगै स्खलित भैसके । त्यसैले विश्वमा त्योभन्दा माथि उठेको नयाँ विचार, दर्शन, नयाँ राजनीति, नयाँ अर्थनीतिकै खोज र आविष्कार भइरहेको छ । थोत्रिएर अरुले फ्याँकेका जडौरी कुरा र विचार हामी पच्छ्याइराखेका छाँै । अव अहिलेको विश्वलार्ई भेट्याउने हो भने हामीले पनि पछिल्लो ज्ञानविज्ञानमा आधारित सोच र शैलीबाट जानुपर्छ भनेर यो अभियान सुरु गरेको हुनाले अहिले हामीले तिनै मानिस तानातान गरेर सदस्य बनाउने, सपना बाँड्ने कुरै गरेनौँ । सिधै हामीले हाम्रो देश कहाँ पुगिराखेको छ ? तपार्ईंहरुले के अनुभूत गर्नु भएको छ ? भनेर सुझाव बढी लिने र आफ्ना आँखाले नै देख्ने प्रयत्न गर्यौँ । र यसलार्ई बदल्न के गर्नुपर्छ भनेर जनताका सुझाव पनि लियौँ ।

मैले राष्ट्रिय एजेण्डा र आर्थिक एजेण्डा विस्तारित गरेर राख्ने सोचेको पनि छु । प्रतिव्यक्ति १ हजार डलर आय भएको संसारको सवैभन्दा अल्पविकसित २८ देश छन्, हामी त्यसकै समूहमा पर्छौं । विकसित देशहरुको प्रतिव्यक्ति आय ७०–८० गुना बढी छ । यो जुन खाल्डो छ, त्यसलार्ई २०–२५ वर्षभित्र पूर्ति गरेर तेस्रोबाट पहिलो विश्वमा पुग्न के गर्नुपर्छ ? यो रणनीति पहिला बन्नुपर्छ भन्ने हो । त्यसका निमित्त सम्पूर्ण देशलार्ई राजनीतिक रुपमा परिचालित गर्ने भनेर परिकल्पना गरिराखेका छौँ । त्यसकारण अहिलेको यात्राले त्यसबारे धेरै दृष्टिकोण बनाउन मद्दत गरेको छ ।

यो अभियानमा पुर्वप्रधानमन्त्रीको हिसाबले मात्र तपार्ईं जानुभएको थिएन । तपार्ईंले जे भनेपनि यो अभियानमा केही न केही राजनीतिक स्वार्थ त थियो होला । एक महिना घुम्दा अब नयाँ शक्ति पार्टी बन्छ जस्तो लाग्यो कि के बुझ्नु भयो ?

होइन, स्वार्थ नभन्नुस् न ! एउटा मिशन,  कर्तव्य र दायित्व हो संसार बदल्ने । मानवजाति कै इतिहासमा पहिलोपटक आवश्यकताको दुनियाँ जहाँ सवैलार्ई प्रचुरता छैन । तपार्ईंको नखोसी मलार्ई पुग्दैन, मेरो नखोसी अर्कालार्ई पुग्दैन । एकले अर्काको खोस्नुपर्ने अवस्था हिजो जस्तो थियो, माक्र्सदेखि माओको पालासम्म । त्यो भनेको आवश्यकताको दुनियाँ हो । वितरणको निमित्त संघर्ष, एउटाको खोसेर अर्काकालार्ई दिनुपर्ने । दुवैजना धनी हुन नसक्ने । एकजनामात्रै धनी हुने, अर्को गरीब हुने । हिजो यस्तो अवस्थालार्ई आवश्यकता वा बाध्यताको दुनियाँ भनिन्थ्यो । तर अहिले दुवै धनी हुन सक्छौँ । ठीक ढंगको प्रणाली अपनाइयो साथै उत्पादन, वितरणको प्रणाली भए हामी सवै धनी हुन्छौँ । अहिले हामीले वर्गीय, जातिय, राष्ट्रिय आधारमा मात्रै संघर्ष गर्नुभन्दा विश्वव्यापि रुपमा प्रणालीलार्ई नयाँ बनाएर सवैले आफ्नो क्षमता अनुसार वस्तुहरु उत्पादन गर्ने र सवैलार्ई आवश्यकता अनुसार वितरण गर्न सक्ने अवस्थामा बल्ल पुगिरहेका छौँ ।

हिजो कम्युनष्टि साम्यवादले परिकल्पना गर्यो, त्यो भएन । पूजीँवादले असमानता ल्याउछ भनेर नै समानताको नारा दिएर साम्यवाद आयो । तर स्टालिनदेखि माओको पालासम्म जुन मोडेल अपनाइयो र नेपालमै पनि सुरुमा जसरी परिकल्पना गर्यौँ, त्यो भनेको एउटाको खोसेर अर्कोलार्ई बाँड्ने थियो । त्यो सोच परिवर्तन भइसक्यो अहिले । अब हामी अर्कालार्ई भत्काएर आफू बन्छु भन्ने सोच राखेका छैनौँ । सवै कसरी माथि उठ्न सक्छौँ भन्ने छ । यसका लागि राष्ट्रिय एजेण्डा कसरी बनाउन सक्छौँ । हाम्रो चिन्ता र चासो त्यतातिर छ ।

पहिला त सुशासन हुनु पर्यो । अहिले भ्रष्टाचार, चोरीचाकरी राज्यसत्ताको सामुहिक सम्पत्तिको दोहन गर्नेलार्ई रोक्ने हुनुपर्यो । हिजो त्याग र तपस्या गरेका साथीहरु सत्तामा पुगेपछि सवै भ्रष्टाचारमा लिप्त भइराख्नु भएको छ, यसलार्ई कसरी रोक्न सकिन्छ भन्नेतिर सोचिनुपर्यो अर्थात् पहिला राजनीति असल हुनुपर्यो । अर्को, सवैका निमित्त समावेशी विकास  हुनुपर्यो । यिनै विषयमा छलफल गरेको हुँदा हाम्रो राष्ट्रिय एजेण्डा बनाउने मिशन थियो, पार्टी बनाउने मिशन थिएन । निश्चयनै यो राष्ट्रिय एजेण्डा बनिसकेपछि धुव्रीकरण ल्याउँछ । स्वतः त्यसमा हामीलार्ई मद्दत पुर्याउँछ । त्यसमा हामी विश्वस्त छाँै । तर अहिले संगठन र सदस्य बनाउन हामी हिँडेको हैन ।

दुई तिहाईको सरकारको कामकारवाहीलार्ई लिएर जनतामा उत्साह देख्नुभयो वा निराशा ? साथै जनताको राजनीतिक चेतना कस्तो पाउनु भयो ?

राजनीतिक चेतना बढेकै छ, हिजोका आन्दोलनले गर्दा । त्यसले अधिकारतर्फको सचेतता, सजगता केही बढेको छ । तर सामाजिक, सांस्कृतिक स्तर, जातिवाद, रुढीवाद, लिङ्गभेद, भाग्य अहिलेसम्म पनि कायम रहेको देखियो । त्यसमा अझै माथि उठ्न सकेका छैनन् । त्यो कारणले सामाजिक चेतनामा पनि अभाव छ । हुनत हाम्रो शिक्षा नीति पनि पुरानो परम्परावादी छ, त्यसले पछिल्लो ज्ञान विज्ञानसँग मानिसलार्ई अवगत गराउन सकेको छैन । तैपनि अधिकारप्रतिको सचेतताले गर्दा आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण हुुनुपर्थ्र्यो, त्यो चाहिँ हुन सकेको देखिँदैन ।

यो सरकारले ठुला सपना बाँडेर भोलि कम्युनिष्ट सत्तामा आएपछि एकैपटक ‘सुनको लंका’ बनाउँछन् भन्ने सोचले झन्डै दुई तिहाई दिए जनताले । तर व्यवहारमा त केही अनुभूत गर्न पाएनन् । त्यसले ठूलो प्रश्न जनताको दिमागमा उब्जिएको देख्यौँ ।

यसको मतलव ठूला पार्टीको जनमत भत्काउन सकिन्छ भन्ने लाग्यो ?

भत्काउनभन्दा पनि हामी रुपान्तरण गर्न चाहेका छाँै । पुराना पार्टीहरु रुपान्तरण भए भयो, उहाँहरुले बुझे भैहाल्यो नि । हामीले दुःख नै गर्नु परेन । हिजो पो अर्कोको खोसेर मैले लिनुपर्थ्र्यो । साथमा दश रुपैँया मात्र छ । कि त्यो खोसेर तपार्ईंले खानु पर्यो कि मैले खानुपर्यो । त्यस्तो अवस्था त होइन अहिले । अहिले १ सय रुपैँया छ भने ५०–५० बाँड्न पुग्छ । यस्तो अवस्थामा अर्कालार्ई भत्काउनु परेन । अरुलार्ई उठाउनु पर्यो । रुपान्तरण गर्नु पर्यो । तर, मानवीय स्वभाव के छ भने हामी पशुजगतबाट आएको हुँदा एकैपटक भगवान जस्तो भएर मानिस आउँदैन । त्यो पशुवत स्वार्थि गुणले गर्दा कतिपयलार्ई रुपान्तरण गाह्रो हुन्छ । त्यसको लागि ठूलो वैचारिक संघर्ष, सामुहिक संघर्ष त गर्नुपर्छ । त्यसको निमित्त तयार हुँदै हाम्रो विकल्प नेपाल समृद्ध बन्न सक्छ, सबै सुखी बन्न सक्छन्, सबै समान बन्न सक्छन् । कोही पिछडिएको अवस्थामा बस्न आवश्यक छैन भन्ने चेतना जगाएर देशलार्ई नयाँ ध्रुवीकरणतिर लैजाने कोशिस हाम्रो हो । यसको लागि हाम्रो अभियानले तत्काल आधारमात्र तयार गरेको छ । अन्ततः हामीले यस्तै अभियानहरु संचालन गर्यौँ र जनतासँग अन्र्तघुलित भएर जनताका समस्याहरुलार्ई ठीक ढंगले संश्लेषण गरेर ठोस नीतिमा परिणत गर्न सक्यौँ भने जनताले नयाँ विकल्पलार्ई साथ दिन्छ । 

कैयौँ ठाउँमा पानी परिरहेको थियो, मानिसहरु सुनिरहेका थिए । अछाम पुग्दा २ घण्टा ढिला भयो तर त्यस्तो ठूलो जमात कुरिरहेको थियो । त्यहाँ हाम्रो संगठन, आधार भएको क्षेत्र होइन । त्यसले पनि जनताले गम्भीर ढंगले बुझ्न चाहिरहेका छन् भन्ने प्रष्ट हुन्छ ।

यसको अर्थ तपाईंको अभियान उत्साहजनक रह्यो ?

हो । हामीले सोचेभन्दा बढी उत्साहजनक रह्यो । हामीले सामान्य भेटघाट गरौं, देखौं बुझौँ भन्ने थियो । तर, पूर्वको चिवाभन्ज्याङ् च्याङ्थापु भन्ने वस्तीबाट मानिसहरु भेटघाट गर्न आउनुभयो, त्यो नै अनपेक्षित थियो हामीलार्ई । त्यहाँबाट हामी जति अगाडि गयौँ, उति उत्साहजनक पायौं । मजरुहको भनाइ छ, ‘मैँ अकेला ही चला था, मगर लोग आते गए और कारवां बन्ता गया’ । मतलव म एक्लै थिएँ जनता जोडिँदै गए र समुह बन्दै गयो भनेजस्तो अनुभूति भयो ।

नयाँ शक्ति पार्टीका संयोजकभन्दा पनि तपार्ईंलार्ई त्यहाँ त पूर्व प्रधानमन्त्री, पूर्व अर्थमन्त्रीको रुपबाट हेर्नसुन्न पनि त मानिसहरु आए होलान् । ती जनताका अपेक्षा, आक्रोश पनि त सुन्नुभयो होला । कस्ता थिए ती ?

पहिलो कुरा, बाबुराम भट्टराई व्यक्तिमात्रै भन्दा पनि यहाँबाट टिम गएका थियौँ । विज्ञहरुको टिम जस्तै पनि थियौँ । हिसिलाजी र म इन्जिनियरिङ् पृष्ठभूमिका भयौँ । मदन राई कृषि विज्ञ हुनुहुन्थ्यो । प्रशान्त सिंह, चार्टर एकाउन्टेन्ट । रामरिझन यादव, उपप्राध्यापक । नवराज सुवेदी, गंगा श्रेष्ठ लगायत विविध क्षेत्रका हामी थियौँ । समावेशी र उमेरको हिसावले पनि पाकादेखि युवाकोसम्म हाम्रो टिम थियो । त्यसकारण पनि जनताको एकखालको जिज्ञासा, हाम्रा कुराहरु सुन्ने बुझ्ने थियो ।

पूर्व प्रधानमन्त्री आएको हँुदा एकछिन हेरौँ त भनेर हेर्थ्यो त्यसपछि उठेर जान्थ्यो । तर त्यस्तो थिएन । कैयौँ ठाउँमा पानी परिरहेको थियो, मानिसहरु सुनिरहेका थिए । अछाम पुग्दा २ घण्टा ढिला भयो तर त्यस्तो ठूलो जमात कुरिरहेको थियो । त्यहाँ हाम्रो संगठन, आधार भएको क्षेत्र होइन । त्यसले पनि जनताले गम्भीर ढंगले बुझ्न चाहिरहेका छन् भन्ने प्रष्ट हुन्छ ।

तपार्ईंलार्ई त्यहाँ देख्दा गुनासा, मागहरु गरेनन् जनताले ?

त्यो थुपै्र छ । तपार्ईंहरुलार्ई अचम्म लाग्ला, म अहिले सत्तामा पनि छैन । सत्ताधारी दलकै व्यक्तिहरु जो स्थानीय तहमा हुनुहुन्छ, खासगरी काँग्रेस र तात्कालीन एमाले । उहाँहरुको नै बाहुल्य छ स्थानीय तहमा । हामी ८०–८५ स्थानीय तहबाट गुज्रियाँै होला । त्यसमा ७५–८० ठाउँमा उहाँहरुले बैठक आयोजना गर्नुभयो । र, उहाँहरुले आफ्ना समस्या हामीसँग लिखित मौखिक दुवै ढंगले राख्नुभयो । लिखित रुपमा ज्ञापनपत्र, स्मरणपत्र उँहाहरुले दिनुभएको छ । उहाँहरुको कुरा मैले संसदमा पुर्याउँछु भनेर बचन दिएको थिएँ र संसदमा त्यो कुरा राखिसकेको पनि छु ।

यात्राको क्रममा कठिनाई वा रोचक कुराको पनि अनुभव गर्नुभए होला ?

रोचक कुरा, विविधता हेर्न पाइयो । पूर्वको चिवाभन्ज्याङदेखि यात्रा सुरु गर्दा १० हजार फिटको उचाईमा हिउँ परिरहेको थियो । गाडी जान नसक्ने अवस्था थियो । त्यसमा हामी आँट गरेर त्यहा पुग्यौँ । हामीले यात्रा गर्दै आउँदा नदीहरु तमोरदेखि दुधकोशी, सुनकोशी हुदैँ त्रिशुली, बुढिगण्डकी, मर्स्याङ्दी, कालीगण्डकी, भेरी, कर्णाली र सेतीसम्म पुग्यौँ । त्यसबाट भौगोलिक विविधता राम्रोसँग अवलोकन गर्ने अवसर प्राप्त भयो ।

पुर्वबाट हामीले सुरु गर्दा चिवाभन्ज्याङ्मा हिउँ थियो भने बागलुङ्देखि रुकुम जानेक्रममा झन्डै सात किलोमिटर हिँउले ढाकिएको अवस्था थियो ।  त्यहाँ एक्साभेटरले हिँउ पन्छाउँदै आगाडि बढ्यौँ । वैतडी पुगेर समापन गर्ने दिनपनि ठुलो हिमपात भयो । त्यो रमाइलो भयो । अर्कोतर्फ सांस्कृतिक रुपमा पूर्वका लिम्बु, खम्बु, तामाङ्, नेवार, गुरुङ् मगर र पश्चिमका खसहरुको जातिहरुको साँस्कृतिक र भाषिक विविधताको प्रत्यक्ष अवलोकन गर्ने अवसर भयो ।

कुनै एउटा पोशाक मात्र राष्ट्रिय पोशाक होइन । त्यसैले म जुन जुन ठाउँमा गए, तिनिहरुकै थोरै भएपनि भाषा बोले, पोशाक पनि क्षेत्रअनुसार लगाए । मैले सवै राष्ट्रिय संस्कृतिको सम्मान गरेको हुँ । मैले आफ्नो चटक र नौँटङ्की गरेको हैन ।

प्रत्येक गीत सुन्दै गयौँ । त्यसले पूर्वका लिम्बुको बाजागाजा र टोनहरु, पश्चिमका खसहरु र डोटीले भाषा, टोनहरुको विविधतामा रमाइलो थियो । नेपालको सही अर्थले भौगोलिक, जातिय, भाषिक, सांस्कृतिक विविधताको प्रत्यक्ष अवलोकन गर्ने अनुभव अविस्मरणीय रह्यो । 

दौरासुरुवाल लगाएर दिन खोजेको सन्देश के थियो ?

नेपालमा लगाइने सवै जातिले लगाउने पोशाक जस्तो लिम्बु, तामाङ्, मगर, गुरुङ् र खसले लगाउने सवै राष्ट्रिय पोशाक हुन् । साथै तराईमा मधेश, थारुले लगाउने पोशाक पनि राष्ट्रिय हुन् । कुनै एउटा पोशाक मात्र राष्ट्रिय पोशाक होइन । त्यसैले म जुन जुन ठाउँमा गए, तिनिहरुकै थोरै भएपनि भाषा बोले, पोशाक पनि क्षेत्रअनुसार लगाए । मैले सवै राष्ट्रिय संस्कृतिको सम्मान गरेको हुँ । मैले आफ्नो चटक र नौँटङ्की गरेको हैन ।

तपार्ईंको पोशाकलाई लिएर सामाजिक संजालमा विभिन्न खालका टिकाटिप्पणी पनि त भए नि ?

कम चेतना हुने मानिसलार्ई के भन्न सकिन्छ र ! चेतनाको न्यूनता हो त्यो । नबुझ्ने मानिसले विस्तारै बुझ्छन् । त्यसमा चिन्ता गर्दैनौँ । अगुवा मानिस हिँड्दै राख्नुपर्छ । नबुझ्ने मानिसले टिप्पणी गरिराख्छ ।

त्यताबाट फर्केपछि संसदमा तपार्ईंले संविधान संशोधन गरेर केही जिल्ला परिवर्तन गरौँ भन्ने कुरा राख्नु भएको थियो । त्यस्तो कुन कुन जिल्लाबाट माग आयो ?

त्यो धेरै जिल्लाबाट छ । त्यसबारे प्रतिवेदन बनाएर केन्द्रीय सरकारलार्ई पनि दिने र सम्बन्धित प्रदेशलार्ई पनि दिने सोचिरहेका छाँै । समस्या धेरैतिरबाट आएका छन्, त्यो कुरा संसदमा पनि राखेको थिएँ । त्यसमध्ये पनि संघीयताको प्रवद्र्धन र कार्यान्वयनको विषय हो । जुन संघीयता अपूर्ण छ, त्यसलार्ई पुर्ण हुने कुरा । पहिचान र सार्मथ्यको आधारमा संघीय प्रदेश बनाउने भन्ने थियो, त्यसअनुसार भएन । जसरी प्रदेश बने त्यसप्रति असन्तुष्टि पनि देखियो । प्रदेश बनिसकेपछि पनि त्यहाँको नामाकरण, राजधानीलगायतका विषयमा पनि असन्तुष्टि देखिए । जस्तै ३ नंम्बर प्रदेशको राजधानीमा असन्तुष्टि देखियो । हेटौँडा लगेर राखिएको छ । जबकि पहाडी र तामाङ्, नेवार बाहुल्य क्षेत्र हो । अर्को, सुदुरपश्चिम प्रदेश भनेर राखेका छन्, नाम नै सुदुरपश्चिम भन्ने त हँुदैन । काठमाडौँकाले सुदुरपश्चिम भन्छन् । उनीहरुको त आफ्नै डोटी, खप्टड जस्ता नाम हुनुपर्थ्यो । त्यहाँ पहाडी बाहुल्य क्षेत्रमा राजधानी राखेको छ । जहाँ टाँठाबाठा, जमिन्दारहरु जसको तराइ मधेशमा जमिन छ, त्यहाँ लगेर राखेको पनि आमरुपमा देखियो ।

अर्को कुरा, जिल्ला भनेको संयोजन समितिको रुपमा मात्रै हिजो बनाएको हो । हिजकै जिल्ला कायम राख्ने भनेको होइन । अहिले नयाँ स्थानीय तह बनेका छन्, पायक पर्ने गरेर ‘कोर्डिनेशन’ को निमित्त जिल्ला बनाउनु पर्थ्यो । तर उही पुरानै जिल्ला राखेर, पुरानै सदरमुकाम राखियो । त्यसले धेरै अफ्ठ्यारो परेको देखियो । उदाहरणको निमित्त, बागलुङ् । डेढसय किलोमिटर पुर्वपश्चिम लम्बाई भएको ठाँउ छ । सदरमुकाम पुर्वको टुप्पामा ल्याएर राखिदिएको छ । त्यसले पश्चिम बुर्तिवाङ, निसिखोलाका जनतालार्ई कुनै हिसावले पनि पायक पर्दैन । त्यस हिसाबले उनीहरुको ठूलो गुनासो थियो ।

त्यस्तै, पुर्वी रुकुम नयाँ जिल्ला बनेको छ, त्यसको पनि सदरमुकाम छेउमा लगेर राखिदिएको छ । त्यहाँ पनि उनीहरुको गुनासो थियो ।

जाजरकोटकै हकमा पनि सदरमुकाम पुर्वपट्टि छ । हिजो भेरी नदी तर्न सकिदैँनथ्यो र अलग्गै जिल्ला भएको थियो । अहिले एउटै प्रदेश भैसकेपछि भेरीमा पुल वनाएर वारी र पारी जोड्न सकिन्थ्यो । त्यसरी सोच्न पर्ने ठाँउमा संघीयताको मर्म र जनताको सुविधाको भावना अनुभूत नगरेको देखियो ।

साथै स्थानीय तहलार्ई अधिकार सम्पन्न बनाउन संविधानमा लेखिएको अधिकारलार्ई प्रयोग गर्न कानुनमार्फत् गर्नुपर्यो । कहीँ कानुन बनेका पनि छैनन्, कानुन बनाउँदा संविधानले दिएका अधिकार खोस्ने, कमजोर पार्ने ढंगले कानुन बनेको छ । त्यसमा पनि गुनासा आए । संविधान अनुसार त स्थानीय तहले कानुन बनाउन पाँउछ । भोजपुरको एउटा गाँउपालिकामा एउटा उदाहरण दिएको थिएँ, उनीहरुले कानुन बनाएछन् तर सर्वोच्चले स्टे अर्डर गरिदियो । संविधान एकातिर छ भने हाम्रा संरचना व्यूरोक्रेशी, न्यायालय, सुरक्षाअंगको कार्यशैली विल्कुल पुरानै छ । यसको अन्र्तविरोध देखियो ।

ठाउँ ठाउँमा मैले मानिस भेटें, मलार्ई भेट्न आए । मैले उनीहरुका कुरा सुन्दा नेताहरु भ्रष्टाचारमा डुबेर बसेका छन् भने हिजोका कार्यकर्ता ऋण डुवेर बसेका छन् भने त्यो खालको आक्रोश आउने भयो । त्यसकारण छिटो व्यवस्थापन गरिनुपर्छ ।

विप्लव नेतृत्वको पार्टी र सरकारबीच टकराव बढ्दो छ । तपाईले यात्रामा यो पाटो पनि हेर्नुभयो होला । यी दुईबीचको टकरावले भविष्यमा कस्तो असर गर्छ भन्ने लाग्छ ?

पहिलो हामीले ध्यान दिनुपर्ने, माओवादी जनयुद्धले नै यो संघीय लोकतान्त्रिक गणतन्त्रसम्म मुलुकलार्ई बनाएको हो । त्यसको रक्षा गर्दै शान्ति प्रक्रियाको महत्वपूर्ण बाटो सत्यनिरुपण तथा मेलमिलाप आयोग, वेपत्ता आयोग बनाउने, हिजोका द्वन्द्व पीडितहरुलार्ई राहत उपलव्ध गराउने, उनीहरुको सही ढंगले व्यवस्थापन गर्ने, युद्धमा हिँडेका बेरोजगार युवाहरुलार्ई रोजगारीको व्यवस्था गर्ने काम गर्थ्यो । त्यतातर्फ ध्यान पुगेन । नेताहरु सत्तामुखी हुदैँ जाने र विचौलिया, कमिशनखोरहरुसँग मिलोमतो गरेर अपारदर्शी धनआर्जन गर्ने, आशेपासेहरुलार्ई मात्रै पोस्ने प्रवृत्ति भयो । काग्रेस एमालेले त पहिला गरेकै थियो तर माओवादीकै नेताहरुले पनि सत्तामा पुगेर त्यो गरेपछि ठुलो तप्का त्यसबाट बञ्चित भएको छ । हिजो बेरोजगार रहेकाको अवस्था उस्तै छ । शहीद, वेपत्ताको अवस्था अहिले पनि उस्तै छ । पूर्वी रुकुमको लुकुम गाँउ जस्ताको तस्तै छ ।

कुनै परिवर्तन छैन त्यहाँ । यस्तो अवस्था भएपछि उनीहरुमा हामीले के पायौँ  त भन्ने आक्रोश छ । यसको समाधान भनेको आर्थिक समाजिक रुपान्तरण तीब्ररुपमा गरेर बेरोजगार युवालार्ई रोजगारीको व्यवस्था गर्ने, द्वन्द्व पीडितहरुको छिटो व्यवस्थापन गर्ने, शहीद, वेपत्ता, घाइते परिवारको व्यवस्थापन गर्ने, महिला, दलित, जनजाति लगाएतकाको हिजो देखिको हेपाई र विभेद अन्त्य गर्नेतर्फ गम्भीरतापूर्वक लाग्नु नै हो । यी काम फटाफट गर्दै गयो भने मानिस त्यत्तिकै लहडले विद्रोहतिर लाग्दैन । तर यी समस्या हल भएन भने मानिस स्वतः अर्कोतर्फ लाग्छ । त्यसैको प्रतिविम्ब विप्लवप्रति युवाहरुको लगाव जस्तो देखिएको छ । त्यो यो सत्तामा रहने मानिसहरुको गलत प्रवृत्तिले नै अगाडि बढेको बुझ्छु ।

ठाउँ ठाउँमा मैले मानिस भेटें, मलार्ई भेट्न आए । मैले उनीहरुका कुरा सुन्दा नेताहरु भ्रष्टाचारमा डुबेर बसेका छन् भने हिजोका कार्यकर्ता ऋण डुवेर बसेका छन् भने त्यो खालको आक्रोश आउने भयो । त्यसकारण छिटो व्यवस्थापन गरिनुपर्छ ।

यो समस्या समाधानको सूत्र के हो ?

पहिलो त उहाँहरु भ्रष्टाचारमा मुछिने प्रवृत्ति देखाइराख्नु भएको छ । नयाँ शासक वर्गको रुपमा आफूलार्ई परिणत गरिहनुभएको छ, त्यसबाट रुपान्तरित हुनुपर्यो । हिजो क्रान्तिकारी चरित्रको वकालत गरेर मानिसहरु द्वन्द्वमा होमिए । तिनको व्यवस्थापन नगरिकन, आफूमात्र ऐशआराम गरेर बस्ने र आसेपासे पनि धनाढ्य बन्ने भएपछि त नयाँ वर्गको उत्थान भैहाल्यो । त्यसकारण पहिले आफू सच्चिनु पर्छ । छिटो आर्थिक, सामाजिक रुपान्तरणको योजना बनाएर खासगरी व्यापक बेरोजगारीको समस्या हल गर्नेतिर जानुपर्छ । र, अहिले विद्रोहमा उत्रेको समुहलाई पनि वार्ता संवादबाट सहमतिमा ल्याउनु पर्छ ।

यो दुइतिहाईको सरकार पछिल्ला केही घटनाक्रमले चौतर्फी घेराबन्दीमा भएजस्तो देखिन्छ । तपार्ईं पूर्व प्रधानमन्त्रीको हिसावले यी समस्या समाधनका लागि प्रधानमन्त्री ओलीलार्ई सुझाव दिँदा के दिनुहुन्छ ?

दुई तिहाइको सरकारले त नेतृत्व गर्ने हो । जनताका समस्यालार्ई हल गर्ने हो । समस्या हल गर्न नसकेपछि स्वतः लोकतन्त्रमा जनताले विरोध प्रकट गर्छ । त्यसकारण घेराबन्दी भयोभन्दा पनि जनताका समस्या हल गर्न नसकेपछि असन्तुष्टि बढ्यो भनेर उहाँले महसुस गर्नु पर्यो ।

दोस्रो, देशका आधारभूत समस्या हल गर्नेतर्फ जानुपर्यो । पहिलो कुरा पैसा खर्च नगरी गर्नसक्ने काम भनेको सशासन कायम गर्न सक्नु पर्थ्यो । भ्रष्ट्रचार रोक्न त सकिन्छ नि ! भाषणले मात्रै भन्दा पनि काम गरेर देखाउन पर्यो । उहाँकै वरिपरि ठुला काण्ड घटेकै छन् त । एनसेल काण्डदेखि वाइडवडी काण्ड, बुढिगण्डकीदेखि सुन काण्ड भएका भयै छन् । यसलार्ई त उहाँले रोक्न सक्नुपर्यो नि त । यसलार्ई रोकन रकम खर्च गर्नुपर्दैन ।

रुख बन्ने क्रममा बोक्रा झर्छ भने पलाएको पनि हेर्नुपर्यो । तर हाम्रो मानसिकता नकारात्मक भएको हुदाँ बोक्रा झरेको हामी देख्छौँ, त्यो रुख पलाउँदै गएको छ, बलियो हुदैँ गएको देख्दैनौँ । त्यो हेर्ने दृष्टिकोणको समस्या हो । पलाउने बेला बोक्रा झर्छन् पनि पलाउँदै पनि जान्छ । यो क्रमबाट हामी गुर्जिनै पर्छ ।

दोस्रो, गरिबी बेरोजगारीका समस्यालार्ई हल गर्ने गरी तीव्र आर्थिक विकासको र युवाहरुलार्ई रोजगारीको प्रत्याभूति गर्ने नीति उँहाहरुले लिएर जानसक्ने सुधार गर्नुपर्छ । सामान्य त ल्याउनु भएको छ तर त्यो व्यवहारमा लागू भइरहेको छैन ।

शिक्षा, स्वाथ्य जस्ता क्षेत्रमा जसरी आवाजहरु उठिरहेको छ, त्यो राज्यले दायित्व लिने विषय हो । शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्ने, स्वाथ्य क्षेत्रका न्युनतम आधारहरु गाँउगाँउमा पुर्याउने जस्ता कदम चाल्न सक्नु पर्थ्र्यो । त्यो उहाँले गर्न सक्नु भएको छैन । त्यसकारण यस्ता कामहरुबाट पहिला उहाँले सुरु गनुपर्छ ।

पछिल्लो समय नयाँ शक्ति छाड्नेको संख्या बढ्दै गएको देखिन्छ नि ?

त्यसरी त हामी उहिल्यै सिद्धिन पर्ने । रुख बन्ने क्रममा  बोक्रा झर्छ भने पलाएको पनि हेर्नुपर्यो । तर हाम्रो मानसिकता नकारात्मक भएको हुदाँ बोक्रा झरेको हामी देख्छौँ, त्यो रुख पलाउँदै गएको छ, बलियो हुदैँ गएको देख्दैनौँ । त्यो हेर्ने दृष्टिकोणको समस्या हो । पलाउने बेला बोक्रा झर्छन् पनि पलाउँदै पनि जान्छ । यो क्रमबाट हामी गुर्जिनै पर्छ ।

देशव्यापि नयाँ शक्ति वैकल्पिक धारको रुपमा स्थापित हुदैँछ । जनताको आकर्षण बढ्दैछ, त्यो प्रमुख पक्ष हो । तर केही मानिस तुरुन्तै सत्ताको स्वाद लिन चाहने, वैकल्पिक धार नबुझ्नेहरु आवत जावत गर्न सक्छन् । सत्ता र शक्तिको चुम्वक एकातर्फ छ । सुशासन, सदाचार र परिवर्तनको चुम्बक अर्कोतर्फ छ । यसमा स्वतः सत्ता र शक्तिको चुम्बक बलियो हुन्छ ।

पञ्चायतकालमा दिनहुँजसो रेडियो नेपालले प्रतिबन्धित नेपाली काँग्रेस, प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी सदस्य आएको आयै भन्थ्यो । त्यो त सत्ता र शक्तिको लोभमा विचलित भएका गएका थिए । तर त्यसरी विचलित भएका मानिसहरु पञ्चले टिकाउन सकेनन् । काग्रेस र कम्युनिष्ट त सिद्धिएनन् ।

यो वैकल्पिक राजनीति जुन ढंगले बन्दैछ, त्यसमा केही मानिसलार्ई सत्ता र शक्तिको भरमा लोभ्याउने काम भएको छ । तर, ठूलो पंक्ति नयाँ शक्तिमा आकर्षित हुदैँ पनि गएको छ । त्यसअर्थमा केही वर्षभित्र पुरानो शक्तिको स्खलन र नयाँ शक्तिको विकास हुने निश्चितै छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...