केभीएमले यसरी मनायो १९ औँ स्थापना दिवस

काठमाडौँ– काठमाडौको पानी ट्याङ्कीमा १९ वर्षअघि स्थापना भएको काठमाडौं विद्या मन्दिर (केभीएम) ले आफ्नो १९ औं स्थापना दिवस एवं अभिभावक दिवस मनाएको छ ।
शनिबार स्कुल परिसरमा आयोजित विशेष समारोहबीच उक्त विद्यालयले १९ औं स्थापना दिवस एवं अभिभावक दिवस मनाएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै काठमाडौं निर्वाचन क्षेत्र नम्बर तीनका प्रतिनिधिसभा सदस्य कृष्ण राईले केभीएमले उत्कृष्ट शिक्षा प्रदान गरेको भन्दै प्रशंसा गरेका थिए ।
सांसद राइले सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु चुनौतीपूर्ण भएको उल्लेख गर्दै यस्ता चुनौतीलाई चिर्दैै विद्यालयले आफूलाई प्रतिस्पर्धामा उतार्न सफल भएकोमा विद्यालय व्यवस्थापन परिवारलाई धन्यवाद दिए ।
उनले महङ्गो शुल्क लिने विद्यालयमा राम्रो शिक्षा पाइन्छ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्दै विद्यार्थीको भविष्य निर्माण गर्ने काममा अबिभावक र शिक्षक दुवैको योगदान महत्वपूर्ण हुने बताए ।
विद्यालयका प्रिन्सिपल मिनकुमार कोइरालाले विभिन्न वाधा र अवरोधबीच स्कुलले १९ औं स्थापना दिवस मनाउन सफल भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा विद्यालयले कुनै कन्जुस्याईँ नगर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘योबीचमा हामीले आम विनाशकारी भूकम्प, ६ महिनासम्मको नाकाबन्दी पनि व्यहोर्यौं,’ उनले भने, ‘यस्तो कठिन समयमा पनि हामीले सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयलाई सधैं केन्द्रमा राख्यौं’ कोइरालाको भनाई थियो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा गत शैक्षिक वर्ष २०७४ सालमा उत्कृष्ट भएका छात्रछात्रालाई पुरस्कार वितरण गरिएको थियो भने यसअघि विद्यालयले संचालन गरेको खेलकुद सप्ताहमा उत्कृष्ट भएका विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा गहुँ उत्पादन घट्यो
-
आधा छोटो बनाइयो सरकारको नीति तथा कार्यक्रम, भोलि सार्वजनिक हुने
-
सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छ : प्रधानमन्त्री ओली
-
सुनको मूल्य ह्वात्तै घट्यो आज कतिमा हुँदैछ कारोबार ?
-
रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने सरकारको प्रयास
-
सरकारसँगको सहमतिपछि नेपाल शिक्षक महासङ्घको बैठक बस्दै