११ बुँदे सहमतिपछि पनि लाग्न छाडेन ‘स्वतन्त्र मधेस’को नारा

काठमाडौँ– सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच सहमति भएको भोलिपल्ट नै राउतका कार्यकर्ताले आफ्ना पुरानै गतिविधि सञ्चालन गरिरहेको पाइएको छ ।
शुक्रबार सरकार र राउत नेतृत्वको गठबन्धनबीच ११ बुँदे सहमति भएको थियो । सहमतिको २ नम्बर बुँदामा ‘हामी आफ्ना राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्ने मान्यतामा दृढ छौं । नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेस लगायत देशका कतिपय स्थानमा रहेका सन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं’ उल्लेख छ ।
तर, यहि सहमतिविपरित राउतका कार्यकर्ताले सहमति भएको भोलिपल्ट नै सिरहा लगायतका जिल्लामा स्वतन्त्र मधेसको झण्डासहित प्रदर्शन गर्दै आफ्नो जित भएको दाबीसहित नारावाजी गरेका छन् ।
राउत र सरकारबीच भएको सहमतिको भाषाको विषयलाई लिएर सत्तारुढ दलमै विवाद भइरहेका बेला राउतका कार्यकर्ताबाट भएको यस्ता गतिविधिलाई सर्वसाधारणले समेत प्रश्न गरेका छन् ।
खासगरी गठबन्धन र राउतबीच भएको ११ बुँदे सहमतिको ६ नम्बर बुँदामा ‘स्वतन्त्र मधेस गठवन्धन तथा यसका नेता–कार्यकर्ताद्वारा यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताव, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाईन सामाग्री आदिलाई भविष्यमा कारवाहीको बिषय बनाईने छैन’ भनिएको छ । त्यस्तै आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामाग्रीहरु
उत्पादन तथा वितरण गरिने छैन भनिएको छ । यसको अर्थ पूराना झण्डा या प्रचार सामाग्री प्रदर्शन या प्रकाशन नगर्ने भन्ने हो ।
तर, सहमतिको मसी सुक्न नपाउदै राउत समर्थकका पुराना गतिविधि दोहोरिन थालेपछि अनेकन आशंका उब्जिएको छ । ‘स्वतन्त्र मधेस’ को गतिविधिलाई बल पुग्नेगरी स्वयम् सिके राउतले पनि आफ्ना फेसबुकमा प्रचार सामग्री राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढल्केबरको ढुङ्गो र अन्तरेहरू
-
सैद्धान्तिक रूपमा नेपालका कम्युनिष्टबिच एकता हुनुपर्छ भन्नेमा म प्रष्ट छु : नारायणकाजी श्रेष्ठ
-
योजनाबद्ध विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य
-
रुस-युक्रेन वार्ता : युद्धबन्दी रिहा गर्ने सहमत, युद्धविरामबारे थप छलफल गरिने
-
बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
-
जसपा नेपालको संगठन निर्माण अभियानको समय थप