केन्द्रीय संस्करण

नेपालको राजनीतिमा जेलजीवनको महात्म्य

जेल जीवन बिताएपछि असामान्य मान्छे बन्नुको सट्टा लोभलालसा सहितको सामान्य मनुवा बनेर निस्कने विसंगतिको कथा

person explore access_timeफागुन २६, २०७५ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

अन्तोन चेखबको एउटा कथा छ बाजी । यस कथामा एक चन्चलाश्री सम्पत्तिको धनी र अर्को अकिन्चनजस्तो गरीव समेत गरी दुई साथी पात्र छन् । एक दिन कुरै कुरामा धनी पात्रले गरीब पात्रसँग ठट्टैठट्टामा बाजी राख्दै भन्छ, ल तिमी १५ वर्ष जेल बस म तिमीलाई मेरो भएभरको सम्पत्ति सवै सर्लक्कै दिन्छु, बस्न सक्छौ ? गरीव पात्रले सनक्क हुँदै भन्छ, तिमी दिन सक्छौ ? ल तिमी दिनसक्छौ भने म १५ वर्ष मजाले जेलमा बस्न सक्छु ।

ठट्टैठट्टामा कुरा साँच्चिसँग कस्सिन्छ । धनी पात्रले जेलको दह्रो व्यवस्था गर्छ । गरीब पात्र फुर्ती देखाउँदै त्यस जेलमा पस्छ । केही दिन बसेपछि गरीव पात्रलाई जेलमा उराठ लागेर आउँछ । अधीर हुँदै छटपटिन थाल्छ । यसैबीच  किताब पढेर दिन काट्न सकिन्छ कि भन्ने सोचबाट कैदी पात्रले एकदिन धनी पात्रसँग भन्छ, मलाई मैले भनेभने मुताबिकको किताब पढ्न देऊ । म पढ्न चाहन्छु ।

धनी पात्रले कैदी साथीले भनेमुताबिक  किताब दिँदै जान्छ । यो व्यक्ति त्यत्रा दिन जेलमा बस्न सक्दैन भन्नेमा धनी पात्र निर्धक्क हुन्छ । गरीव पात्र नयाँ नयाँ किताव माग्दै र पढ्दै जान्छ । यसरी दिन महिना वर्ष गर्दै समय बित्दै जान्छ । चौध वर्ष बितेर पन्ध्रौँ वर्ष पनि लाग्छ । धनी पात्र मनमनै आत्तिन्छ । बाजी होे । आनाकानी गर्ने कुरा छँदैछैन । यता गरीब पात्र नयाँ नयाँ किताब माग्दै र पढ्दैमा व्यस्त रहन्छ । पन्ध्र वर्ष पूरा हुने अन्तिम दिन पनि आइपुग्छ । अव केही घण्टा मात्र बाँकी रहन्छ । यसैबीच धनी पात्रलाई बोलाएर एक्कासि गरीब पात्रले भन्छ, ल जेलको ढोका खोलिदेऊ म बाहिर निस्कन्छु ! आलटाल हैन । तुरुन्त खोल ।

आश्चर्य मान्दै धनी पात्रले जेलको ढोका खोली दिन्छ । बाजीको समय पूरा हुन केही घण्टा मात्र बाँकीमा बाहिर निस्केर गरीब पात्र बाटो लाग्छ । लोभले हुरुक्क भएर धनका लागि जेल पसेको गरीब पात्र १५ वर्ष जेलबसाइपछि अप्रत्याशित रुपमा ऋषिमुनिजस्तै निष्पृह र निर्लोभ भएर जेलबाहिर निस्कन्छ ।

आश्चर्य मान्दै धनी पात्रले जेलको ढोका खोली दिन्छ । बाजीको समय पूरा हुन केही घण्टा मात्र बाँकीमा बाहिर निस्केर गरीब पात्र बाटो लाग्छ । लोभले हुरुक्क भएर धनका लागि जेल पसेको गरीब पात्र १५ वर्ष जेलबसाइपछि अप्रत्याशित रुपमा ऋषिमुनिजस्तै निष्पृह र निर्लोभ भएर जेलबाहिर निस्कन्छ । जेल बसाइ र उत्तरोत्तर अध्ययनका कारण लोभलालसाको भाव भसक्कै सक्किएर व्यक्तित्व रुपान्तरण भइसकेको अवस्थामा बाहिर निस्कन्छ । बाजी जितिएर सम्पत्ति लिन पर्ला भन्ने डरले नै ऊ समय पूरा हुनुभन्दा केही घण्ठाअघि नै जेलबाट निस्केको हुन्छ

यो कथा पढेर प्रभावित दृष्टिले नेपालको राजनीतिक परिदृश्यमा हेर्दा के देखिन्छ त ?

हाम्रा राजनेता र कार्यकर्ताहरु चेतनाले जुरुक्क हुँदै देश र समाज बदल्ने संकल्प लिएर हाँसी हाँसी जेल गएका हुन्छन् । जेलभित्र किताबहरु पढ्नेमा पनि नाम कमाउँछन् । अध्ययनशील देखिन्छन् । कतिले जेलबाटै उच्च शिक्षाका परीक्षा पास पनि गरेका हुन्छन् । जेलबाहिर निस्कँदा चेखबको पात्र जसरी बदलिने नेता कार्यकर्ता भने प्रायः भेटिँदैन् । भावना  र चेतनाका जुन स्थितिमा जेल छिरेका हुन्छन्, त्यसभन्दा उच्च स्थितिमा रुपान्तरित भएर निस्कने कोही भेटिँदैनन् । यस्तो किन हुन्छ ? 

चेखबको कथामा सामान्य मान्छे जेल पसेर अध्ययनद्वारा असामान्य मान्छे बनेर निस्कन्छ । लोभलालसा जितेर निस्कन्छ । हाम्रा असामान्य त्यागी तपस्वी भनिएका कांग्रेसी र कम्युनिष्ट राजनेताहरु १४÷१५ वर्ष जेल बसे पनि बाहिर निस्कक्दा लोभलालसा सहितको सामान्य मनुवा भएर निस्कन्छन् । अझ भनौं भने कति त आपूmलाई राजनीति पीडित र पश्चात्तापी बन्दै निस्कन्छन् । इतिहास यस्तै छ ।

उहिल्यैदेखि मानव समाजमा कडाभन्दा कडा सजायको एउटा रुप थियो जेलसजाय । विभिन्न अपराधका कारण मानिसहरु पुराण र इतिहासका विभिन्न कालहरुमा पनि जेल पर्थे । जनतामा राजनीतिक चेतना उदाउनुभन्दा अगाडिका कालहरुमा पनि जेल पर्थे । त्यसताका जेल पर्नुलाई इज्जतका कुरा मानिन्थेन । प्रायः चोर डाँका र ज्यानमाराहरु नै जेल पर्थे । त्यतिबेलाका शासकहरु जेल हालेपछि त्यहाँको उराठ वातावरण र लगातारको पीडाबाट अपराधी थिलथिलो हुन्छ र तह लाग्छ भनी ठान्थे ।  जेल परेपछि अपराधीको बानीबेहोरामा धेरथोर सकारात्मक सुधार हुन्छ भनी ठान्थे । सामाजिक चेत नभएका ती अपराधीहरु कति त जेलजीवनबाट चेत पलाएर शासकहरुको सोचमुताबिक धेरथोर सुध्रन्थे पनि । जेलबाहिर निस्कँदा तिनीहरु मणि हराएका सर्प भनेजस्तै लुत्रुक्क भएर निस्कन्थे । कति सजिएका गोरुजस्तै सुदा भएर निस्कन्थे । होक्काँ, सिँगौरी, हुङ्कार, फुङ्कार सबै जेलमै बिसाएर निस्कन्थे । तिनका डरबाट समाज लगभग मुक्त हुन्थ्यो ।

यो सबै समाजको सदाबहार, चलनचल्तीको कथा थियो ।

महाभारतमा अरु सवै कुरा छ, कारावास माहात्म्य छैन । वर्षौं जेल परेका विख्यात अफ्रिकी राजनेता नेल्सन मण्डेलाले पनि कारावास बस्नुलाई दम्भको आधार बनाएनन् । कारावास माहात्म्य गाएनन् । नेपालको राजनीतिक पुराणमा भने कारावासको माहात्म्य पनि समावेश गरिएको छ । हाम्रो सुखसमृद्धिको पुराण पनि समावेशी छ । पुराणका पात्रहरु एकसेएक दमदार छन् ।

कथाका ती युगहरुमा जेलको महिमा गान गर्नेहरु भने कोही हुन्थेनन् । प्रसिद्ध पुराणपुरुष कृष्ण आमाको गर्भमा छँदै कङ्शको कारागारमा थुनिएका थिए । कारागारमै जन्मेका थिए । कृष्णले आफ्नो लामो जीवनयात्रामा युगान्तकारी महत्वका काम पनि धेरै गरे । धेरै दम्भी राजा महाराजाहरुको दम्भ कुच्याए । कङ्शलाई मृत्युदण्ड दिए । पाण्डव पक्षबाट महाभारतको युद्ध सञ्चालन नै गरे । युद्धको मैदानमा उदास अर्जुनलाई हौसला दिन गीता सुनाए । विश्वरुप देखाए । तर पनि आपूm कारागारमा जन्मेको प्रसङ्ग सुनाएनन् । त्यति वेलाका प्रबुद्ध राजनेता कृष्णले कारावासलाई किन महत्व दिएनन् ?  महत्व दिएका भए कारावासमाहात्म्य लेखिँदो हो । महाभारतमा अरु सवै कुरा छ, कारावास माहात्म्य छैन । वर्षौं जेल परेका विख्यात अफ्रिकी राजनेता नेल्सन मण्डेलाले पनि कारावास बस्नुलाई दम्भको आधार बनाएनन् । कारावास माहात्म्य गाएनन् ।

नेपालको राजनीतिक पुराणमा भने कारावासको माहात्म्य पनि समावेश गरिएको छ । हाम्रो सुखसमृद्धिको पुराण पनि समावेशी छ । पुराणका पात्रहरु एकसेएक  दमदार छन् ।

भारतमा दन्केको स्वतन्त्रता सङ्ग्रामका झिल्काले नेपालका शिक्षित युवाहरुमा राजनीतिक चेत सल्केपछि ती राणाशासनका विरुद्ध राजनीतिक परिवर्तनका पक्षमा जुर्मुराए । तत्कालीन राणा सरकारलाई यो सह्य हुने कुरा थिएन । जहानिया राणा सरकारले कतिलाई त पक्रेर मा¥यो पनि । सबैलाई मार्न सम्भव नदेखेपछि कतिलाई जेल हाल्यो । राणाहरु आफ्ना विरुद्ध आवाज उठाउनु राज्यविप्लबको अपराध ठान्थे र जेल हालेपछि ती अपराधीहरु सुध्रन्छन् भनी ठान्थे । विप्लवीहरु प्नि राणाका आज्ञाकारी सेवक बनेर निस्कन्छन् भनी ठान्थे । जो जेल पर्थे, ती आफूलाई अपराधी ठान्दैनथे । प्रजातान्त्रिक योद्धा ठान्थे । यी सवै राजनीतिक चेतनाले तिखारिएका युवाहरु हुन्थे । राणाहरुको जेल पस्नुपर्दा पनि दिलदिमागमा चेतनाको ज्योति लिएर पस्थे । यिनीहरु जेलमा नेल हत्कडी, गोलघर आदि इत्यादिको यातना प्रताडनाबाट आत्तिने खालका हुन्थेनन् । त्यतिबेला शिक्षित र राजनीतिसचेत युवा समुदायमा राजनीतिक कारणले जेल पर्नु इज्जतको कुरा बनेको थियो । किनकि यो साँच्चिकै त्याग तपस्याको काम थियो । देश र जनताका लागि गरिने त्याग तपस्या थियो यो  । परिवर्तन चेतनाले धपक्क बलेका युवाहरु उज्ज्वल सपनाहरु बोकेर हाँसीहाँसी जेल जान्थे । चेतनाको ज्योति लिएर जेल पसेकाहरु अझ ज्वलन्त चेतनाको राँको नै लिएर निस्कलान् मुलुकलाई झलमल्ल उज्यालो पार्लान् भन्ने आशा भरोषाले जनता उत्साहित हुन्थे । आज जेल परेकाहरु भोलि देश र जनताका लागि परिवर्तन–चेतनाको  राँको बनेर निसकलान् भन्ने आशा आकाङ्क्षाले बलिदानी साहसका साथ बन्दीहरुको आवश्यक सहयोगमा सरिक हुन्थे र नेता कार्यकर्ताको गुणगान गरिहिँड्थे ।

राणाशासन ढल्यो । वहुदल आयो । दश वर्ष राजनीति चलाएर वहुदल गयो । पन्चायत नामको शाहीशासन आयो । राणकालमा जेल परेका र निर्वासित भएकाहरुलाई पन्चायती शासनले राजनीतिपीडित नाम राखेर तराइमा जग्गा दान दिने योजना ल्यायो । राजनीतिक चेतनाको राँकोले जाज्ज्वल्यमान हुनुपर्ने कतिपय नेता कार्यकर्ताहरु पन्चायती राजबाट पीडित घोषित भएर जग्गा दान लिन लाइनमा उभिए । जग्गा दान थापे । यो देखेर नेपाली जनता कतिले तिनलाई राजनीतिक प्रेतको नाम दिए ।

राजनीतिक चेतनाको राँको लिएर जेल परेका कति होनहार नेता कार्यकर्ताहरु जेल बाहिर निस्कँदा त्यो राँको जेलभित्रै छोडेर राजनीतिपीडित भएर निस्के ? बाह्र चौध वर्ष जेल परेकाहरु प्नि जेलबाट निस्कँदा पीडित भएरै निस्के ? तिनीहरु जेलमा बिताएका वर्षहरु गन्दै जेलपीडालाई नै आधार बनाएर सत्तामा उक्लन क्रियाशील बने ।

राणाशासनका विरुद्धमा जस्तै पन्चायती शासनका विरुद्ध पनि युवाहरु जागे । ज्यान हत्केलामा लिएर संघर्षको मैदानमा निस्के । किसिम किसिमका आन्दोलनहरु भए । कति क्रान्तिकारी युवाहरु पन्चायती शासकहरुको त्रूmरतामा परे । शहीद भए । कति जेल परे । यस पन्चायती राजमा युवाहरु राजनीतिमा उत्रने र जेल जाने काम अझ विस्तृत र सघन रुपमा दोहोरियो । दार्शनिक राजनीतिक चेतनाले धपक्क बलेका युवाहरु प्रिवर्तनप्रतिको असीम आस्था र अदम्य जोसका साथै हाँस्दै गीत गाउँदै नारा लाउँदै जेल पसे । जेलबाट निस्कँदा कतिपय अपवाद छाडेर ती नेता कार्यकर्ता पनि राजनीतिपीडितकै मनोविज्ञान बोकेर निस्के । बरु बिभिन्न अपराधबापत जेल परेका सर्वसाधारण मनुवाहरु जेलबाट निस्कँदा विभिन्न ज्ञान सिप र सामाजिक राजनीतिक चेतको उर्जा लिएर निस्केका भेटिन्थे । राजनीतिक चेतनाको राँको लिएर जेल परेका कति होनहार नेता कार्यकर्ताहरु जेल बाहिर निस्कँदा त्यो राँको जेलभित्रै छोडेर राजनीतिपीडित भएर निस्के ? बाह्र चौध वर्ष जेल परेकाहरु प्नि जेलबाट निस्कँदा पीडित भएरै निस्के ? तिनीहरु जेलमा बिताएका वर्षहरु गन्दै जेलपीडालाई नै आधार बनाएर सत्तामा उक्लन क्रियाशील बने । सत्तासीन भएपछि म यति वर्ष जेल परेको भन्दै पीडाको मोल राष्ट्रको ढुकुटीबाट चक्रवृद्धि व्याजसहित असुल्न निर्लज्जताका साथ लागिपरेका पनि देखिए । राजनीतिपीडितहरुको सत्तामाथिको यो नृत्य जनताका आँखामा कथित प्रेतनृत्यजस्तै टीठ लाग्दो देखिएको छ ।

०४६पछिको नेपाल दिन दुगुना रात चौगुना प्रगति गर्दै अगाडि बढ्नुपर्नेमा राजनीति पीडित बन्दै सत्तामा पसेका मुख्य रुपमा नेपाली कांग्रेस र गौण रुपमा संसदीय कम्युनिष्ट नेताहरुका पद पैसा र प्रतिष्ठानिमित्त मिलिजुली  नग्ननृत्यका कारण मुलुकको शासन प्रशासन यन्त्र आज भ्रष्टाचारको घिनलाग्दो आहालमा फेरिएको देखिएको छ ।

यो यस्तो स्थितिमा सत्तासीन नेता कार्यकर्ताले आफ्नो जेलजीवनको महिमागान गाएको सुन्दा हामी नेपाली जनताको कानलाई पो लाज लग्न थालेको छ ।

 

 

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...