भारतीय दुतावासमा कविता कृष्णमुर्तीको प्रस्तुती
शनिबार, २५ फागुन २०७५, १९ : ४१
काडमाडौं । नेपालस्थित भारतीय दुतावासले अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । मार्च ८ अर्थात फागुन २४ गते दुतावासमा भारतीय महिला संघले आयोजना गरेको कार्यक्रमा विश्व प्रख्यात भायोलिन वादक डा. एल. सुब्रमण्यम तथा प्रसिद्ध बलिउड गायिका कविता कृष्णमूर्तिको सांगीतिक प्रस्तुति दिइएको थियो ।
उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा भएको कार्यक्रममा विभिन्न साँस्कृति प्रस्तुतीका साथै दुई देशबीचको सम्बन्धको बारेमा पनि चर्चा भएको थियो ।
विभिन्न १६ भाषामा १८ सयभन्दा बढी गीत गाइसकेकी कविता कृष्णमुर्तीले आफ्नो प्रस्तुतले भारतीय र नेपाली समुदायबीच सद्भाव र मित्रतामा अभिवृद्धि गरेको विश्वास लिएको दुतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।