बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकका एटीएम तथा पीओएस टर्मिनलमा मास्टर कार्ड प्रयोग गर्न सकिने

शुक्रबार, २४ फागुन २०७५, १९ : २९
शुक्रबार, २४ फागुन २०७५

काठमाडौं– सिद्धार्थ बैंकका एटीएम तथा पीओएस टर्मिनलमा मास्टर कार्ड प्रयोग गर्न सकिने भएको छ ।

सिद्धार्थ बैंक विश्वव्यापी पहिचान भएको मास्टर कार्ड नेटवर्कको प्रमुख सदस्यको रुपमा आवद्ध भए सगैँ मास्टर कार्ड नेटवर्कका कार्डहरु सिद्धार्थ बैंकका कुनैपनि एटिएम र मास्टर कार्डहरु सिद्धार्थ बैंकका पीओएस मेशिनमा प्रयोग गर्न सकिने जनाएको छ । सो बैंकले निकट भविष्यमा नै मास्टर कार्ड डेविट तथा क्रेडिट जारी गर्ने उल्लेख गरेको छ ।

बैंकले नगद रहित कारोवार प्रवद्र्घन गर्न हालै क्यास ब्याक योजना ल्याएको छ । त्यसैगरी उत्पादनशिल क्षेत्रमा कर्जा प्रवाह गर्न ७ विभिन्न प्रकारका कृषि तथा लघु उद्यम कर्जाहरु ल्याएको छ । कार्डको माध्यमबाट गरिने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भेरिर्फाड वाई भिसा सेवा पनि ल्याएको छ ।

बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा पनि ल्याएको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप