बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नारी पाइला मोबाइल गेम एपः प्रजनन् स्वास्थ्य सम्बन्धी चेतना वृद्धि गर्न सहयोगी

शुक्रबार, २४ फागुन २०७५, १९ : १०
शुक्रबार, २४ फागुन २०७५

काठमाडौं– नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा जर्जटाउन विश्वविद्यालयको प्रजनन् स्वास्थ्य संस्थाले खेलमा आधारित नारी पाइला मोबाइल गेम एप उपलब्ध गराएको छ ।

नेपालमा सन्चालित समुदाय रुपान्तरणका लागि प्रजनन् सचेतना परियोजनाको मूल कार्यक्रम अन्तर्गत हालै नेपालमा खेलमा आधारित नारी पाइला मोबाइल गेम एप सहज उपलब्ध गराएको हो । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगसँगको वित्तीय प्रायोजनमा ग्रिड संस्थाद्वारा तयार पारिएको नारी पाइला एप प्रजनन् स्वास्थ्य सम्बन्धी ज्ञान प्रवाह गर्ने रमाइला खेलहरु हुन् । 

यस एपमा ४ खेलहरु समायोजित छन् जसमा हरेक खेल किशोर किशोरी प्रजनन् स्वास्थ्य सम्बन्धी छुट्टा छुट्टै विषयहरुमा आधारित रहेका छन् । नारी पाइला मोहिम– महिनावारी हुँदाको सरसफाइ सम्बन्धी जानकारी (महिनावारी स्वास्थ्यको व्यवस्थापन), नारी पाइला चक्र– महिनावारी चक्र तथा प्रजनन् सचेतना, नारी पाइला अचम्म– गर्भमा रहको बच्चाको लिंग निर्धारण हुने प्रक्रिया सम्बन्धी जानकारी, तथा नारी पाइला भ्रमनिवारक– परिवार नियोजनका साधनहरु एवं तिनका साधारण असर र भ्रमहरु सम्बन्धी विस्तृत जानकारी दिनु खेलका प्रमुख उद्देश्यहरु रहेका छन् ।

यी खेलहरुहरुको माध्यमबाट हाम्रो समाजमा विद्यमान भएका, प्रजनन् सम्बन्धी चेतना, परिवार नियोजनका साधन एवं साधारण असर सम्बन्धी भ्रमहरुको विस्तृत जानकारी खेल खेल्दा खेल्दै प्राप्त गर्न सकिन्छ । 

यो एप १२ देखि २५ वर्ष उमेरका किशोर किशोरी तथा उनीहरुका अभिभावकहरुलाई लक्षित गरी तयार पारिएको भएता पनि एन्ड्रोइड फोनमा नेपाली भाषामा उपलब्ध भएको हुँदा नेपाल अधिराज्यभरका नागरिकहरुलाई प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी दिन यो एप सफल हुनेछ । 

नेपालको सन्दर्भमा, प्रजनन् स्वास्थ्य सम्बन्धी कुराहरु खुला रुपमा गर्न अझै पनि लाजको रुपमा लिइएको देखिन्छ । स्कुलमा दिइने स्वास्थ्य शिक्षाले विद्यार्थीहरुलाई रोचक नहुन सक्छ र त्यसले उनीहरुको सम्पूर्ण जिज्ञाशालाई पूरा गर्न सकिरहेको नहुन पनि सक्दछ, फलस्वरुप उनीहरु विभिन्न गलत अवधारणाहरुको शिकारमा पुग्न सक्दछन् । त्यसैले नारी पाइला खेलले उनीहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी जिज्ञाशाहरुलाई सहजै समाधान गर्न मद्दत पु¥याउने छ । 

खेलको माध्यमबाट किशोर किशोरीहरुलाई प्रदान गरिएको सिकाइ स्थायी एवं उनीहरुको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन विशेष सहयोगी हुने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक सुनिल राज शर्माले बताएका छन् ।
 

नारी पाइला मोबाइल खेलका प्रमुख उद्देश्यहरु

-जनचेतना अभिवृद्धि गर्नु स् समाजमा रहेका प्रजनन् स्वास्थ्य सम्बन्धी गलत अवधारणालाई हटाई महिनावारी स्वास्थ्यको व्यवस्थापन, प्रजनन् सचेतना तथा परिवार नियोजन सम्बन्धी विस्तृत जानकारी दिनु
-सामाजिक कुप्रथा हटाउनुः प्रजनन् स्वास्थ्य सम्बन्धी सामाजिक कुप्रथाहरु हटाई यस विषयमा खुल्ला संवादद्वारा प्रजनन् सचेतनाको प्रवर्धन गर्नु ।
-किशोर किशोरीहरुलाई सामाजिक परिवर्तनमा सहभागी गराउनुः खेलको मध्यमबाट प्रजनन् स्वास्थ्य सम्बन्धी समाजिक व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप