बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ह्वावे वाई७ २०१९ नेपालमा, यस्ता छन् फिचर्स

शुक्रबार, २४ फागुन २०७५, १८ : ५८
शुक्रबार, २४ फागुन २०७५

काठमाण्डौं– ह्वावे कम्पनीको सबैभन्दा सर्वोत्कृष्ट स्मार्टफोन ह्वावे वाई सेभेन २०१९ अब नेपाली बजारमा उपलब्ध भएको छ ।

कम दाममा उत्कृष्ट कार्यक्षमता भएको स्मार्टफोनहरू ल्याउने आफ्नो प्रतिबद्धताअनुरूप ह्वावे कम्पनीको वाई सिरिजमा पनि सहुलियत दाम र उति नै उत्कृष्ट कार्यक्षमता भएका स्मार्टफोनहरू प्रयोगकर्ताहरू समक्ष ल्याएको छ ।

वाई सिरिज अन्तर्गतको पछिल्लो स्मार्टफोन ह्वावे वाई सेभेन २०१९ पनि सबैपक्षमा सर्वोत्कृष्ट स्मार्टफोन मानिएको छ र नेपाली बजारमा ह्वावेका अन्य स्मार्टफोनहरू झैँ यो स्मार्टफोन पनि निकै लोकप्रिय हुने विश्वास गरिएको छ । 

यो स्मार्टफोन तीनवटा रंगहरू नीलो (ओरोरा ब्लू), कालो (मिडनाइट ब्ल्याक) र रातो (कोरल रेड) मा उपलब्ध छ । नेपाली बजारमा ह्वावेको वाई सेभेन २०१९ को मूल्य भने रूपैयाँ १९,९९० तोकिएको छ ।

६.२६ ईन्चको ठूलो डियूड्रप डिस्प्ले, १३ एमपी+ २एमपीको मास्टर एआई सपोर्टयुक्त एआई क्यामरा र दुई दिनसम्म चल्ने ४ हजार एमएमएच क्षमताको ब्याट्री र प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्दछ ।

ह्वावेको ब्याट्रीसम्बन्धी महत्त्वपूर्ण प्रविधिका कारण ह्वावे वाई सेभेन २०१९ ले यसको पूर्ण क्षमताको कम्तीमा ८० प्रतिशत ब्याट्री सात सय पटकसम्म चार्ज गर्दा पूर्ण क्षमता दिन्छ जसको अर्थ हो दुई वर्षसम्म सामान्य तरिकाबाट चार्ज गर्दा पनि ब्याट्री भरपर्दो र राम्रो अवस्थामा रहन्छ ।

भिडियो मन पराउने अहिलेको पुस्ताका लागि ठूलो डिस्प्ले दिनका लागि ह्वावेले नयाँ ह्वावे ड्र्यूड्रप डिस्प्ले ह्वावे वाई सेभेन २०१९ मा जडान गरेको छ । ह्वावेको फ्ल्यागशीप ह्वावे मेट ट्वान्टी र ह्वावे मेट ट्वान्टी एक्समा सुरूमा राखिएको डिउड्रप डिस्प्लेमा क्यामरा राख्नका लागि मोती आकारको सानो स्थान रहेको छ जसले प्रयोगकर्ताहरूलाई मोबाइलमा सबै खाले सामग्रीहरू हेर्न सहज बनाउँछ ।

८६.७ प्रतिशत स्क्रीन–टु–टीपी रेसियो यसमा रहेको छ जुन औसत रुपमा अरु फोनको भन्दा धेरैमाथि हो । ह्वावे वाई सेभेन २०१९ लाई तेस्रो पारेर समात्दा यसको पछाडिको भाग डिजिटल क्यामराजस्तो देखिन्छ । यो जानाजान गरिएको हो किनकि ह्वावे वाई सेभेन २०१९ सबैभन्दा उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्नका लागि बनाइएको हो । 

ह्वावे वाई सेभेन २०१९ मा ह्यान्ड्स फ्री तरिकाबाट पनि फोटो खिच्न सकिन्छ जस्तो कि हाउभाउ वा इशाराबाट फोटो खिच्ने वा सेल्फी खिच्नका लागि स्माइल गर्ने । ह्वावे वाई सेभेन २०१९ मा फेश अनलक २.० रहेको छ जसले मोबाइलफोन खोल्न छिटो र सहज हुन्छ ।

यो स्मार्टफोनले प्रयोगकर्ताको पहिचानलाई प्रमाणीकृत गर्दछ र मात्र मोबाइलफोन अनलक हुन्छ । प्रयोगकर्ताहरूले अन–स्क्रीन निर्देशनहरूपछि आफ्नो प्रोफाइल राख्न सक्छन् । थप सुरक्षाका लागि प्रयोगकर्ताको अनुहारको विवरण वाई सेभेन २०१९ अबमा सदाका लागि सुरक्षित हुन्छ ।

वाई सेभेन २०१९ ले डुलल फोर जी र डुअल भिओलटीई सपोर्ट गर्दछ । यो विशेषताका कारण प्रयोगकर्ताहरूले एकैचोटी एउटा सिमबाट फोन गर्न र अर्कोबाट मोबाइल डाटा चलाउन सक्छन् । वाई सेभेन २०१९मा ५१२ जीबीसम्मको एक्पान्डेबल मेमोरी छ र मेमोरी कार्ड राख्न मिल्ने सुविधा छ । ३२ जीबीको इन्टरनल स्टोरेज पनि यो स्मार्टफोनमा रहेकाले सबै तस्वीरहरू, भिडियोहरू, गेमहरू सजिलै स्टोर गर्न सकिन्छ ।

विशेषताहरूः

डिस्प्लेः ६.२६ ईन्च एचडी+ह्वावे डिउड्रप डिस्प्ले (१९ः९, १५२०८७२०८)
एसओसीः अक्टा–कोर क्योलकम ४५०
जीपीयूः एन्ड्रेनो ५०६
र्यामः ३ जीबी
स्टोरेजः ३२ जीबीसहित ५१२ जीबीको एक्सपान्डेबल स्टोरेज
ओएसः ईएमयूआई ८.२
क्यामराः    रियर क्यामराः १३ एमपी +२ एमपी (एफ÷१.८ एआई)     
फ्रन्ट क्यामराः ईयु एण्ड एलएका लागि ८ एमपी–एमपी एण्ड ईएका लागि १६ एमपी 
कनेक्टीभिटीः ब्लू टुथ ४.२, ८०२.११. बी÷जी÷एन २.४ जीएचजेड, डुअल सिम, डुअल फोर जी र ह्वावे सेयर २.०
आई÷ओः युएसबी २.०
ब्याट्रीः ४ हजार एमएएच (टिपिकल)
चार्जिङः    ५ भी÷२ ए
रंगहरूः    नीलो (ओरोरा ब्लू), कालो (मीडनाइट ब्ल्याक) र रातो (कोरल रेड) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप