बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

४२ सय मिटरको उचाइमा ‘अल्ट्रा हाफ म्याराथन’

शुक्रबार, २४ फागुन २०७५, १८ : ४६
शुक्रबार, २४ फागुन २०७५

काठमाडौं– खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ४२ सय मिटर उचाइमा रहेको ओखलढुङ्गास्थित पिकेडाँडाबाट २१ किलोमिटर लामो ‘अल्ट्रा हाफ म्याराथन’ हुने भएको छ ।
 
नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र ओखलढुङ्गा पर्यटन विकास समितिको आयोजनामामा चैत २३ गते म्याराथन हुने भएको हो । 

म्याराथनमा ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा रहेको पिकेडाँडा र त्यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको आयोजक समितिका अध्यक्ष ङवाङङिमा शेर्पाले बताए । 

पिकेडाँडाको ४२ सय मिटरबाट शुरु हुने म्याराथन २५ सय मिटरको खिजिदेम्वा बजारमा आएर टुङ्गिने छ । म्याराथनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट ५० बढी धावकको सहभागिता हुने आयोजकले जनाएको छ । 
 महिला र पुरुषलाई छुट्टाछुट्टै विधा राखेर आयोजित म्याराथनमा प्रथम हुने महिला र पुरुषलाई जनही नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्रले सम्मान गरिने छ । 
यस्तै दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैटौ र सातौ हुनेलाई चालीस, तीस, आठ, पाँच, तीन र एक हजार नगद पुरस्कार प्रदान गरिने छ । खेलाडीलाई खानबस्नको व्यवस्था समेत आयोजकले गरेको अध्यक्ष शेर्पाले जानकारी दिए । 

सुन्दर र रमणीय क्षेत्र रहेको पिके डाँडाबाट सगरमाथा, मकालु, कञ्चनजंगा, ल्होत्से लगायतका अग्ला हिमालशिखरको नजिकबाट अवलोकन गर्न पाइने र दुई दर्जन बढी गुराँस प्रत्यक्ष हेर्न पाइन्छ । सरकारले घोषणा गरेको मुख्य सय गन्तव्यमध्ये पिके डाँडा क्षेत्र पनि मुख्य गन्तव्य हो । 
सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउन लिएको लक्ष्यलाई पुरा गर्न यो कार्यक्रमले सहयोग पुर्याउने ओखलढुङगाका संघीय संसद यज्ञराज सुनुवारले विश्वास व्यक्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप