यी हुन् अर्घाखाँचीकी चेली, कर्णालीकी पहिलो महिला सिडियो (फोटोफिचर )

बुटवल– चुलो–चौकोबाट बाहिर निस्किएका महिलाहरुको संघर्ष र सफलताको गोरेटो पछ्याउँदै जाँदा प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीका केही महिला जिल्लाभरमै प्रगतिको उच्च शिखरमा पुगेको पाइएको छ । राजनैतिक क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसाल र नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसाल केन्द्रीय राजनीतिका हस्ती बन्न पुगे ।
कर्मचारीतन्त्रमा आफ्नो छुट्टै किर्तिमानी कायम गर्न सफल छन् अर्घाखाँची कै छत्रदेव गाउँपालिका–८ मरेङ्ग गाउँकी दुर्गा बञ्जाडे । जो गत शुक्रवारदेखि जुम्ला जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडियो) को कार्यभार सम्हालेकी छन् । जुम्लाको इतिहासमा मात्र होइन उनी कर्णाली प्रदेशका १० जिल्लाकै इतिहासमा पहिलो महिला सिडियोको किर्तिमानी दर्ज गर्न सफल भएकी हुन् ।
सिन्धुपाल्चोकमा सहायक प्रमुख जिल्ला अधिकारीको अनुभव संगालेकी उनी जुम्लाका पूर्व प्रमुख जिल्ला अधिकारी विष्णु पौड्याकाको सरुवा भएपछि उक्त जिल्लामा पदभार सम्हाल्न आएकी हुन् ।
सिन्धुपाल्चोकमा चेलीबेटी बेचबिखनजस्ता महिला हिंसा न्यूनिकरण अभियानमा विशेष भूमिका खेलेकी उनले कर्णाली प्रदेशभित्र विद्यमान छाउपडी प्रथा अन्त्यका लागि समुदायसँग मिलेर काम गर्न चाहेको बताइन् । आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उनी जिल्लाको सुरक्षा गस्तीमा ब्यस्त रहेको उनका सहयोगीले बताए ।
पछाडी परेको कर्णालीमा काम गर्ने पहिल्यैदेखि धोको रहेको बताउँदै उनले नेपाल सरकारको प्रतिनिधिका रुपमा आफुले यहाँको शान्ति सुरक्षाका अलवा आफ्नो जिम्मेवारी कसैको दवावमा नपरी निभाउने प्रतिबद्धता जनाइन् । दुर्गम जिल्ला जुम्लामा खटाइएकोप्रति खुशी प्रकट गर्दै उनले आफुले पाएको जिम्मेवारीलाई अवसर र चुनौती दुवै रुपमा लिएको बताइन् ।
प्रदेश ५ का महिलाहरुमध्ये उनी पहिलो सिडियो भएपनि अरु जिल्लामा जन्मेर पहिलो महिला सिडियो बन्नेमा स्याङ्गजाकी ईन्दु घिमिरे हुन् । अर्घाखाँची घर भएका गुल्मीका सिडियो यदुनाथ पौड्याल भन्छन– ‘ चेलीका हिसाबले प्रदेश ५ मा पहिलो महिला सिडियो गुल्मीकी ईन्दु घिमिरे हुनुहुन्छ, अर्घाखाँचीमा भने दुर्गाजी नै पहिलो महिला सिडियो हुनुहुन्छ ।’
‘म अर्घाखाँची जिल्लावासीको हैसियतले अत्यन्तै गर्वित छु र जुम्लामा उहाँको सफल कार्यकालको कामना गर्दछु ।’ पौड्यालका अनुसार गुल्मीमा जन्मेर स्याङ्गजामा पहिलो महिला सिडियो हुने इन्दु कपिलवस्तु हुँदै अहिले गृहमन्त्रालयको विपद व्यवस्थापन विभागमा सह–सचिव छन् । जुम्लामा पहिलो सिडियोको कार्यभार सम्हालेकी बञ्जाडेले जनप्रशासनमा एमफिल र जेण्डर एण्ड डेभलपमेण्डमा कोरियाबाट स्नातकोत्तर गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राप्रपाले फ्रड काम गर्यो, कमल थापा र लिङ्देनका कारण राजसंस्था गयो : दुर्गा प्रसाईं
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’