सिके राउतका प्रवक्ता भन्छन् : सरकार जनमत संग्रह गर्न तयार भयो
काठमाडौँ– सरकार जनमत संग्रह गराउन सहमत भएको सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले जनाएको छ ।
स्वतन्त्र मधेश गठवन्धनका प्रवक्ता अव्दुल खानले आफुहरु र र सरकारवीच भएको वार्तामा सरकारले आफ्ना नेता कार्यकतामाथि लगाएका सवै मुद्दा फिर्ता गर्न र जनमत संग्रह गर्न तयार भएपछि आफ्नो गठबन्धन स्वतन्त्र राजनीतिमा आउन लागेको बताएका हुन् ।
उनले नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनसँग भएको वार्तामा नेपाल सरकार मधेशको माग जनअभिमतमा आधारित लोकतान्त्रिक विधि (जनमत संग्रह) मार्फत पूरा गर्ने प्रतिबद्धता जनाएको बताएका हुन् ।
यो सहमति अनुसार स्वतन्त्र मधेश गठवन्धनका नेता कार्यकर्तामाथि लागेका सबै मुद्दाहरु सरकारले फिर्ता लिनेछ । साथै, स्वतन्त्र मधेश गठबन्धनले आफ्नो कार्यालय विभिन्न जिल्लमा खोलेर खुल्ला रुपले राजनीति गर्नेछ ।
यता, नेकपाको सचिवालय बैठक सकिएको छ ।
सचिवालयका निर्णयहरु केही बेरमा सार्वजनिक गर्ने भन्दै महासचिव विष्णु पौडेलले केही बताउन चाहेनन् ।
‘निर्णयहरु अहिले केहीबेरमा सार्वजनिक गर्छौँ अहिले केही नलेख्नुस्,’ महासचिव पौडेलले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एसेट म्यानेजमेन्ट कम्पनी : बैंकिङ क्षेत्र सुधार्ने सरकारको ‘एक्सन प्लान’
-
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठुलो गिरावट
-
होटल संघ नेपालको बागमती प्रदेश तदर्थ समिति अध्यक्षमा रामसुन्दर बके मनोनीत
-
ट्रम्पलाई ठुलो झट्का : यौन दुर्व्यवहार मुद्दा उल्ट्याउन सर्वोच्च अदालतद्वारा अस्वीकार
-
हल गोरु पाल्ने एकसय १५ कृषकलाई प्रोत्साहन रकम प्रदान
-
पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण