४९ लाख ठगेको आरोपमा दम्पती पक्राउ
वालिङ– घरजग्गा पास गरिदिने प्रलोभन देखाई विभिन्न व्यक्तिबाट रु ४९ लाख बीस हजार ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका–३ घर भई फेदिखोला गाउँपालिकास्थित इलाका हुलाक कार्यालयमा हल्कारा पदमा कार्यरत ४४ वर्षीय महेन्द्र नेपाल र निजकै श्रीमती ४० वर्षीया सङ्गीता नेपाललाई प्रहरीले पक्राउ गरेको हो ।
निज दम्पतीले नगरपालिका–३ मा महेन्द्र नेपालको नाममा रहेको घरजग्गा पास गरिदिने भनी प्रलोभन देखाई आठ जनाबाट विभिन्न मितिमा रकम लिई देखाएको जग्गा अर्कै व्यक्तिको नाममा राजीनामा पास गरी ठगी गरेकाले पीडित मञ्जु गोदार तथा अन्यले प्रहरीमा किटानी जाहेरी दिएसँगै प्रहरीले दम्पतीलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका दम्पतीले विभिन्न मितिमा स्याङ्जाको फेदिखोला गाउँपालिका– २ की मञ्जु गोदारबाट रु पन्ध्र लाख, सावित्री दर्जीबाट रु तीन लाख ३० हजार, चुनुमाया गोदारबाट रु तीन लाख ५५ हजार, वेदप्रसाद गौतमबाट रु तीन लाख, कृष्ण महत थापाबाट रु चार लाख ६० हजार, दुर्गाकुमारी खत्री खड्काबाट रु सात लाख, रुकुमको मुसिकोट नगरपालिका– १ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–८ मा डेरा गरी बस्ने रेशम रावलबाट रु दुई लाख ७५ हजार गरी रु कूल ३९ लाख २० हजार लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । पक्राउ परेका दम्पतीहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा