मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपाल धार्मिक ज्ञानको खानी’

बिहीबार, २३ फागुन २०७५, २२ : १३
बिहीबार, २३ फागुन २०७५

झापा–नेपाल मानव धर्मका प्रणेता सतपालजी महाराजले नेपाल धार्मिक ज्ञानको खानी भएको धारणा राखेका छन् । 

 ‘बुद्ध जन्मिएको देश, जानकी माता जन्मिएको देश नेपाललाई प्रणाम छ,’ झापाको धुलाबारीस्थित नन्दागंगा नदी तटमा बिहीबारदेखि शुरू भएको विराट सत्संग समारोह–२०७५ लाई सम्बोधन गर्दै उनले भने, ‘नेपाल धार्मिक ज्ञानको खानी पनि हो ।’

उनले विश्व शान्तिका लागि नेपाल–भारतबीच सद्भाव हुनुपर्ने पनि बताए ।

समारोहलाई सम्बोधन गर्दै अर्का धार्मिक गुरु सद्गुरूदेव महाराजले नेपाल देश धर्म र ज्ञानको देश भएको बताए । 

 ‘हामीले बाह्य ज्ञान धेरै लिइरहेका छौं । तर आफूलाई जान्ने कुरा सत्संगमा सुन्न पाइन्छ । हामी ग्रहहरू र ब्रह्माण्डको बारेमा पनि जानिरहेका छौं । तर सबै कुरा जान्छौं भनेर भन्न सकिँदैन,’ उनले भने । आफूलाई जान्ने ज्ञान क्षणभरमै जान्न सकिने र त्यसका लागि सद्गुरू चाहिने उनले बताए । 

शुक्रबारसम्म चल्ने समारोहको सतपालजी महाराज र १ नम्बर प्रदेशका मुख्यमन्त्री तथा प्रमुख अतिथि शेरधन राईले पानसमा दिप प्रज्वलन गरेर संयुक्त रुपमा उद्घाटन गरेका थिए । 
कार्यक्रममा मुख्यमन्त्री राईसहित प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली, जिल्ला समन्वय समिति झापा प्रमुख सोमनाथ पोर्तेल, मेची नगरपालिका प्रमुख विनोद आचार्य, दमक नगरपालिका प्रमुख रोम ओली, गौरदह नगरपालिकाका प्रमुख रोहितकुमार शाह, मेची नगरपालिकाका उपप्रमुख मिना उप्रेति, नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, नेपाली कांग्रेसका जिल्ला उपसभापति राम कट्टेल लगायतको सहभागिता रहेको थियो । 

समारोहमा मेची नगरपालिकाले धार्मिक गुरु सतपालजी महाराजलाई नागरिक अभिनन्दन गरेको समेत थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप