फरार अपराधी १३ वर्षपछि पक्राउ
बुधबार, २२ फागुन २०७५, १३ : ०८
दुल्लु– कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई १३ वर्षपछि प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका–६ (साविकको कट्टी गाविस–२ सनी गाउँ) का ३८ वर्षीय टोपबहादुर सिंह रहेको छ ।
सोही ठाउँका २१ वर्षीय शेरबहादुर पुन मगरको हत्यामा संलग्न रहेको आरोपमा सिंहलाई जिल्ला अदालत दैलेखले २०६७ चैत २३ गते दोषी ठहर गरी २० वर्ष कैद सजायको फैसला गरेको थियो । मगरको २०६२ कात्तिक १८ गते हत्या भएको थियो ।
जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले फरार सिंहलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रक्राउ गरेको दैलेखका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन
-
इलाम–२ उपनिर्वाचन : उम्मेदवारको बाचा, मतदातालाई छैन आशा
-
पे–वेलका सीइओ सत्यन्द्र श्रेष्ठ पक्राउ
-
अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन म : रवि लामिछाने
-
वेस्ट इन्डिजको टोली नेपालमा, यस्तो छ भाइरल तस्बिरको वास्तविकता