शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा शिवरात्रि र  सैनिक दिवसको औचित्यताः खुकुरी र साहसको चर्चा !

बुधबार, २२ फागुन २०७५, ०८ : ४२
बुधबार, २२ फागुन २०७५

लण्डन – हिन्दुहरुको महान चाड महाशिवरात्रि बेलायतमा पनि विभिन्न हिन्दु मन्दिर तथा समुदाइक भवनहरुमा सोमबार मनाइएको छ । 

यहास्थित नेपाली राजदूतावासमा भने  नेपाली सेना दिवसको अवसर पारेर एक समारोहकाबीच  सेना दिवस मनाइएको थियो । बेलायतमा आफ्नो इमान्दारिता र  साहसका लागि गोर्खा सैनिक र तिनले  प्रयोग गर्ने हतियार खुकुरी निकैनै प्रख्यात छ । उक्त अबसरमा खुकुरीले केक काटिएको  थियो  ।

कार्यक्रमलाई सम्वोधन गर्दै वेलायतका रक्षा राज्य मन्त्री मार्क लान्कस्टरले  नेपाल र  वेलायतको सम्वन्ध २०० वर्ष भन्दा पुरानो रहेको बताउंदै दुई देशबीच निकट सम्बन्ध रहेको बताए । 

धेरै पटक नेपालको भ्रमण गरेका भनिएका लान्कस्टरले नेपाली सेनाले संयुक्त राष्ट्र संघमा शान्ति सेनामा खेलेको भुमिकाको पनि  प्रशंसा गरे । 

लेफ्टिनेन्ट जनरल निकोलस् आर्थर विलियम पोपले संयुक्त राष्ट्रसंघ शान्ति सेनामा सबै भन्दा बढी सैनिकहरु पठाउने मुलुकहरुमा नेपाल पाँचौ स्थानमा रहेको र  विश्वकै उत्कृष्ट सेना भएको बताउँदै नेपालमा प्रकृति संरक्षण तथा विपद व्यवस्थापनमा नेपाली सेनाको भुमिकाको प्रशंसा गर्दै बेलायतको  सेना भन्दा नेपाली सेना अग्रस्थानमा रहेको वताए ।

बेलायतका लागि नेपालका राजदूत डा दुर्गा बहादुर सुबेदीले  राजकुमार हयारीले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गरेको स्मरण गर्दै गोर्खा सैनिकहरु दुई देश बीचको सम्वन्धको एउटा आधारको रुपमा रहेको पनि बताए ।

 सोहि अबसरमा  हिमाल आरोही गोर्खा निर्मल पुर्जाले आफ्नो अभियानबारे जानकारी दिएका थिए । कार्यक्रममा  स्वागत मन्तब्य दिदै  दूतावासका सैनिक सहचारी तथा नेपाली सेनाका कर्णेल कुमार बहादुर थापाले नेपाली र बेलायती सेनाका बीच   ऐतिहासिक तथा अद्वितीय सम्बन्ध रहेको बताउंदै दुवै देशबीच संयुक्त सैनिक अभ्यास, तालिम तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्य भइरहेको बताए ।

 उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको उक्त कार्यक्रममा लन्डनस्थित विभिन्न देशका दूतावास र हाइ मिसनका सैनिक अधिकृत सहित नेपाली र बिदेशीहरुको उपस्थीति  रहेको थियो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप