मजदुरका नाममा कम्पनी खोलेर पौन दुई अर्ब कर छली
काठमाडौं - ज्याला मजदुरी गर्ने व्यक्तिले नाममा कम्पनी खोलेर नक्कली बीजक बिक्री गरी २४ फर्मले झण्डै दुई अर्ब कर छली गरेका छन् । राजस्व अनुसन्धान विभागले ती फर्मका सञ्चालकविरुद्ध १ अर्ब ७५ करोड ४४ लाख बिगो असुलउपर गर्नु पर्ने मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
जयकिशोर साह र परमेश्वर साहसमेतले अनपढ मजदुरका नाममा व्यापारिक फर्म दर्ता गराई झुटा तथा नक्कली कर बीजक जारी गरेर मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।
दाखिल गर्नुपर्ने भ्याट, थप दस्तुर र ब्याजसमेत गरी ६५ करोड ४४ लाख, दाखिल गर्नुपर्ने आयकर, थप दस्तुर र ब्याजसमेत गरी १ अर्ब ९ करोड राजस्व चुहावट भएको विभागको दाबी छ । बिगो र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम बिगोका दोब्बरसम्म जरिवानासमेत ३ वर्षसम्म कैद सजायको मागदाबी पनि विभागले प्रतिवादीविरुद्ध गरेको छ । यो समाचार कृष्ण रिजार र सुवास भट्टले नयाँ पत्रिकामा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसद्वारा १७ जिल्लामा विपद् पूर्व तयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरू सञ्चालन
-
यशको टक्सिक २ भागमा आउने
-
प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन : प्रधानमन्त्री
-
महासङ्घलाई खतिवडाको प्रश्न : पत्रकारको समस्याबारे श्रम अदालतमा मुद्दा लड्न सक्छ ?
-
नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम नाफामा गएका छन्ः प्रधानमन्त्री
-
संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ : सभामुख घिमिरे