शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कलर्सको ‘प्राइड वन ए’ बजारमा, यस्ता छन् विशेषता

मङ्गलबार, २१ फागुन २०७५, १८ : ५२
मङ्गलबार, २१ फागुन २०७५

काठमाडौं– कलर्स मोबाइलले प्राइड सिरिजको ‘प्राइड वन ए’ सार्वजनिक गरेको छ ।

यो स्मार्टफोन प्रारम्भिक चरणको एन्ड्रोइड फोन हो । उक्त मोबाइल फोनमा पाँच इन्च स्क्रिन, २.५ इन्च कर्भ ग्लास, उच्च टिकाउयुक्त २२०० मेगाहर्ज ब्याट्री, डबल सिम (टुजी–थ्रिजी), ५ एमपी डुअल रिअर र फ्ल्यास सहितको २ एमपी फ्रन्ट क्यामेरा रहेको छ ।

टेलिटकका मार्केटिङ्ग म्यानेजर राज थापाका अनुसार, “नेपालमा प्रारम्भिक बजेटको स्मार्टफोनका लागि ठूलो बजार रहेको छ । त्यसमध्ये प्राइड वन ए एउटा उत्तम विकल्प हो ।” 

कम्पनी कलर्सले आफ्ना ग्राहकलाई विशेष सुविधासहित आकर्षक मूल्यमा मोबाइल फोन उपलब्ध गराउने गरेको छ । हाल नेपालमा कलर्स मोबाइलका ३५ लाखभन्दा बढी ग्राहक रहेका छन् । 
यसका विशेषताहरु यस्ता छन् :

–५ इन्च स्क्रिन

–१.३ गिगाहर्ज क्वाड कोर प्रोसेसर

–२.५ डी स्क्रिन

–एन्ड्रोइड गो ८.१

–डुअल रिअर क्यामेरा (५ एमपी क्यामेरा + भिजिए + २ एमपी फन्ट फ्ल्यास) 

–टुजी र थ्रीजी नेटवर्क सपोर्ट गर्ने

–२२०० मेगाहर्ज ब्याट्री 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप